लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

काठमाडौं : प्रहरीले लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ परेका  छन्। बारा,सुनसरी,काठमाडौं,कैलाली र दार्चुलाबाट लागुऔषधसहित १८ जना पक्राउ परेका हुन्।

बाराको जितपुरसिमरा उपमहानगहरपालिका-२२ स्थित २ नम्बर जंगलबाट अवैध लागुऔषध गाँजा करिब १ सय ५७ केजीसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१ बस्ने ३९ वर्षीय रोशन नेगीसमेत ७ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।

मकवानपुरको भैसेबाट बा.११ च ४९९२ नम्बरको स्कारपियोमा ६ वटा पोका बनाइ ल्याएको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले नेगीलाई उक्त गाँजा र स्कारपियोसहित पक्राउ गरेको थियो । 

थप अनुसन्धानको क्रममा गाँजा ओसारपसारमा संलग्न अन्य ४ जना भारतीय नागरिक र २ जना नेपालीलाई बीआर ०५ जी ८६५६ नम्बरको भारतीय पिकअप र बीआर ०५ ए जेड ८९६१ नम्बरको भारतीय मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो । 

सुनसरीको धरान उपमहानगरपालिका-५ देउरालीबाट पनि लागुऔषधसहित एकजना पक्राउ  परेका छन्। गाँजा ३ किलो ४ सय ग्रामसहित भारत फार्विसगंज-१२ बस्ने ३० वर्षीयको गुद्दु साह पक्राउ परेका हुन्।  अस्थायी प्रहरी पोष्ट देउरालीबाट खटिएको प्रहरीले बीआर ३८ एन ५२२६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो  । 

यस्तै काठमाडौंको तारकेश्‍वर नगरपालिका-३ तिनपिप्लेबाट गाँजा करिब १ किलो ४ सय ग्रामसहित सोही नगरपालिका-५ गोलढुङ्गा बस्ने २५ वर्षीय जक्सन महर्जनसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो।अस्थायी प्रहरी पोष्ट तिनपिप्लेबाट खटिएको प्रहरीले बा.२ ख ३०२२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । 

कैलालीको गौरीगंगा नगरपालिका-८ बढैपुरबाट अवैध लागुऔषध खेरो हेरोईनजस्तो देखिने पदार्थ २ सय १० मिलिग्रामसहित सोही ठाउँ बस्ने २३ वर्षीय खगेन्द्र बाठामगर समेत ५ जना पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यसैगरी दार्चुलाको शैल्यशिखर नगरपालिका-३ कर्कलेबाट करिब ६ किलो १ सय ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महाकाली नगरपालिका-४ खलंगा बस्ने ६६ वर्षीय मान सिंह ठगुन्ना र नौगाड गाउँपालिका-४ सिप्टी मलमटे बस्ने ७० वर्षीय गौर सिंह ठगुन्ना रहेका छन् । 

इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.