तनहुँमा ‘लार्भा खोजौँ र नष्ट गरौँ’ अभियान

तनहुँमा ‘लार्भा खोजौँ र नष्ट गरौँ’ अभियान
सुन्नुहोस्

तनहुँ : वर्षायामसँगै देशैभर डेंगुको सङ्क्रमण फैलिन थालेको छ। तनहुँमा डेंगु ज्वरोको प्रकोपका साथै बिरामीको संख्या दिन प्रतिदिन बढ्ने क्रममा छ। डेढ महिनाको अवधिमा जिल्लामा सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रमा डेंगुका ४४ बिरामी फेला परेका छन्। 

डेंगुका कारण विगत एक महिनामा एक जनाको मृत्यु भएको छ। जिल्लामा डेंगु फैलिँदै गएपछि रोकथाम, नियन्त्रण र न्यूनीकरणका लागि अभियान सञ्चालन गरिएको छ। 

लामखुट्टेले फुल पार्ने स्थान ‘खोजौँ र नष्ट गरौँ’ नारासहित जिल्लाका सबै पालिकामा अभियान सञ्चालन गरिएको छ। व्यास नगरपालिकामा अभियान सञ्चालन गरिएको नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताए। उनले  तत्काल थाहा नहुने र धेरै अङ्गप्रत्याङ्गमा असर गरेपछि मात्रै थाहा हुने भएकाले चेतना फैलाउन अभियान सञ्चालन गरिएको बताए।

    
सचेतना कार्यक्रम प्रभावकारी बनाउन विद्यालयमार्फत गर्दा प्रभावकारी हुने भएकाले विद्यालयमा समेत अभियान सञ्चालन गरिने न्यौपानेले बताए।
    
नगर उपप्रमुख इन्दिरा दरै नेतृत्वको टोलीले बजार क्षेत्रमा पानी जम्ने स्थान नष्ट गर्ने कार्य थालिएको छ। व्यास नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख प्रमोद सोतीले पालिकाका विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लार्भा नष्ट गर्न घरदैलो अभियान भइरहेको जानकारी दिए।
    
नगरपालिकाले लामखुट्टेको वासस्थान तथा लार्भा खोजी गरी नष्ट गर्ने अभियानमा सहभागी हुन सबै टोलवासीलाई अनुरोध गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.