टेकुको सुकुम्बासी क्षेत्रमा बाढी पस्यो (तस्बिर)
काठमाडौं : काठमाडौं उपत्यकामा भएको भारी वर्षाले टेकुको सुकुम्बासी क्षेत्र डुबानमा परेको छ। गएरातिदेखिको भारी वर्षाले सुकुम्बासी बस्तीसहित निजी घर, विद्यालयलगायतका संरचना जलमग्न भएका छन्। वर्षाले नदी र खोलाहरुमा बाढी निरन्तर बढिरहेको छ। काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, धोविखोला, मनोहरा, हनुमन्तेलगायतका खोलाको जलसतह उच्च रहेकाले नदी तटिय क्षेत्रमा आज दिउँसो सम्म उच्च सतर्कता महाशाखाले सूचित गरेको छ।
काठमाडौं उपत्यकाका कपन, सामाखुसी, टेकु, अनामनगर, लगायतका कतिपय स्थानमा सडक, घर र पसलमा बाढी पसेको छ। काभ्रेको पुतलीबजार पनि डुबानमा परेको छ।
टेकुमा पसेको बाढी