सुन काण्डमा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि अनुसन्धान हुनुपर्छ : एमाले

सुन काण्डमा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि अनुसन्धान हुनुपर्छ : एमाले

काठमाडौं : नेकपा एमालेले सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि छानबिन हुनुपर्ने बताएको छ। मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  संसद्को गतिरोध अन्त्य गर्न बसेको तीन दलका शीर्षनेताहरूको बैठकपछि एमाले सचेतक महेश बर्तौलाले सुन तस्करीबारे पहिले नै सूचना पाउँदा पनि गृहमन्त्री श्रेष्ठ मुकदर्शक भएर बसेको आरोप लगाए।

'राजश्व अनुसन्धान विभागले  सुन तस्करी हुँदैछ भनेर पहिले नै  प्रधानमन्त्री पुष्पकमल दाहाललाई सूचना आएको थियो भनेको छ, 'उनले प्रश्न गरे,' प्रधानमन्त्रीलाई सूचना आउँदा गृहमन्त्रीलाई  थाहा हुन्छ कि हुँदैन? अर्थमन्त्रीलाई थाहा हुन्छ कि हुँदैन?  यसकारण गृहमन्त्रीमाथि छानबिन हुनुपर्छ। '

उनले सुन तस्करी प्रकरणमा गृहमन्त्रीबाट चित्त बुझ्दो जवाफ आएपछि मात्रै संसद चल्न दिने बताए। उनले भने,' सुन तस्करी प्रकरणमा गृहमन्त्रीले जवाफ दिनुपर्छ। चित्त बुझ्दो जवाफ नआउँदासम्म संसद अघि बढ्न दिँदैनौं।'

उनले हरेक काण्डमा सरकारका पूर्वमन्त्रीदेखि सत्ता पक्षका नेताहरूको संलग्नता हुने गरेको आरोप लगाए। सुन काण्डको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति नबनेसम्म सरकारको विरोध गरिरहने बताए।

तीन दलको शीर्ष नेताको बैठकमा प्रमुख प्रतिपक्षको एजेण्डामा कुनै सहमति नजुटेको उनले बताए।

साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार चेकजाँच भइ बाहिरिएको एक क्वीन्टल सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो। सुन तस्करी प्रकरणमा सरकारका मन्त्रीको संलग्नता रहेको भन्दै अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले संसद अवरुद्ध गर्दै आएको छ।

तर, प्रधानमन्त्री पुष्पकमल दाहालले सुन काण्डमा सरकारका नियकायहरूले नै अनुसन्धान गरिरहेको भन्दै छानबिन समिति आवश्यक नभएको बताउँदै आएका छन्। यस विषयमा प्रधानमन्त्रीले संसदमा स्पष्ट जवाफ भने दिएका छैनन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.