एक वर्षमा लागूऔषधसहित एक हजार बढी पक्राउ
जनकपुरधाम : मधेस प्रदेशमा एक वर्षमा लागूऔषधसहित १ हजार ३ सय ४ जना पक्राउ परेका छन्।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/०८० मा प्रदेशको विभिन्न ८ वटा जिल्लाबाट १ हजार २७० पुरुष र ३४ जना महिला पक्राउ परेका छन्।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार लागूऔषध सम्बन्धी ९ सय ३७ वटा मुद्दा दर्ता हुँदा यति मानिस पक्राउ परेका हुन्।
प्रहरीले एक वर्षमा ५ क्विन्टल गाँजा, ४५५ ग्राम ब्राउन सुगर, १५४ केजी चरेस, ७१४ ग्राम हिरोइन बरामद गरिएको छ।
यस्तै,५ हजार १९ लिटर डाईलेक्स डिसी, ६७ हजार ६२३ पिस ट्याब्लेट र ६५ हजार ३५६ पिस इन्जेक्सन बरामद गरिएको कार्यालयले जनाएको हो।