एकअर्कासँग बाच्नै नसक्नेगरी नेताहरू भेटिरहेका छन्, यसमा गम्भीर आशंका छ : रवि लामिछाने

एकअर्कासँग बाच्नै नसक्नेगरी नेताहरू भेटिरहेका छन्, यसमा गम्भीर आशंका छ : रवि लामिछाने
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तीन शीर्ष नेताहरूको निरन्तर छलफलप्रति आशंका व्यक्त गरेका छन्। संसद बैठकमा मंगलबार बोल्दै उनले बार्गेनिङको गन्ध आएको बताए। 

'शीर्ष नेताहरूको छलफल हुन्छ। भागबण्डाको कुरा हुन्छ। के मिल्दैन संसद चल्दैन। तोकिएको समयमा सदन चल्दैन। रातारात बसेर बार्गेनिङ किन गर्न सकिँदैन?,' उनले प्रश्न गरे।

उनले एकअर्काको अनुहार पनि हेर्न नचाहने नेताहरू एकअर्कासँग बाच्नै नसक्नेगरी भेटिरहेको भन्दै उनले भने, 'यसमा हामीलाई गम्भीर शंका लागेको छ।'

उनले राज्यका विभिन्न निकायहरू वर्षौंदेखि राजनीतिक हस्तक्षेप गरेर निकम्मा बनाएको बताए। जसका कारण जनताको विश्वास ती निकायबाट हटेको उनको भनाइ छ। 

उनले विमानस्थलबाट बाहिरिएको सुन सिनामंगलमै किन समातियो भन्ने प्रश्न उठाए। 'बाटोमा समातेको सुन मालिकसम्म किन पुग्न दिइएन। तीन दिनपछि कम्पनीमा छापा मारियो। त्यहाँ पुग्न तीन दिन किन लाग्यो?,' उनले प्रश्न गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.