गृहमन्त्री र अर्थमन्त्री पनि सुन तस्करीमा संलग्न भएको आशंका छ, छानबिन होस् : एमाले सांसद
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतमाथि आशंका रहेको भन्दै छानबिन गर्नुपर्ने माग गरेको छ।
संसदमा गृहमन्त्री श्रेष्ठले जवाफ दिँदै उच्च स्तरीय छानबिन समिति नबनाउने उद्घोष गरेपछि एमाले सांसद महेश बर्तौलाले त्यसको विरोध गर्दै गृहमन्त्री र अर्थमन्त्रीमाथि पनि छानबिन हुनुपर्ने बताए।