सुन तस्करी प्रकरणमा एमालेले गृहमन्त्रीको जवाफ चित्त बुझाएन, संसद फेरि अवरुद्ध

सुन तस्करी प्रकरणमा एमालेले गृहमन्त्रीको जवाफ चित्त बुझाएन, संसद फेरि अवरुद्ध
सुन्नुहोस्

काठमाडौं : सुन तस्करी प्रकरणमा गृहमन्त्रीको जवाफ चित्त नबुझेपछि एमालेले संसद अवरुद्ध गरेको छ। गृहमन्त्रीले जवाफ दिएलगत्तै एमाले सचेतक महेश बर्तौलाले उच्च स्तरीय छानबिन समिति गठन नहुन्जेन आफूहरूको आन्दोलन जारी रहेको बताए।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदलाई ढाँटेको भन्दै एमाले सांसद महेश बर्तौलाले गृहमन्त्री र अर्थमन्त्रीको समेत सुन तस्करी प्रकरणमा संलग्नता हुनसक्ने आशंका व्यक्त गरे। 'सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको पनि संलग्नता रहेको आशंका हाम्रो छ। छानबिन गरियोस्।'

एमालेले संसद अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका छन्। उनले अर्को बैठक बुधबार दिउँसो १ बजेका लागि डाकेका छन्। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.