जुम्लामा आगजनी घटनामा संलग्न एक जना पक्राउ
जुम्ला : जुम्लामा आगजनीका घटनामा संलग्न एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा गुठीचौर गाउँपालिका-४ घर भई हाल चन्दननाथ नगरपालिका-१ मा बस्दै आएका ३० वर्षीय रत्न अधिकारी रहेका छन्।
डीएसपी प्रल्हाद कार्कीका अनुसार उनले शृङ्खलाबद्ध रूपमा आगजनी गरेका छन्।
आफू गरिब भएकाले कसैले पनि ऋण तथा उधारो नपत्याएका कारण आगजनी गरेको बताएका डीएसपी कार्कीले बताए।