विद्युत सर्ट भइ आगलागी हुँदा १२ लाखको सामान नष्ट

विद्युत सर्ट भइ आगलागी हुँदा १२ लाखको सामान नष्ट
सुन्नुहोस्

गौशाला (महोत्तरी) : महोत्तरीको गौशालामा रहेको एक पसलमा आगलागी हुँदा  १२ लाख मूल्य बराबरको क्षति भएको छ । मंगलबार राति गौशाला बजारमा सञ्चालित हिमालय अपसेट प्रेसमा अचानक विद्युत सर्ट भइ आगलागी हुँदा सो रकम बराबरको क्षति भएको हो ।

इलाका प्रहरी कार्यालय गौशालाले दिएको जानकारी अनुसार आगलगीबाट पसलमा राखिएको छपाई गर्ने मेसिन, कागज, तयार भएको सामग्री गरी १२ लाखको क्षति भएको हो ।

सञ्चालक चन्दन साहका अनुसार रातिदेखि नै बिजुली अवरुद्ध रहेको र बिहान एक्कासी बत्ती आउँदा आगलगी भएको हो ।

पसलभित्र आगो लागेको खबर थाहा पाएलगतै प्रहरीको टोली र स्थानीयको सहायताले आगो तत्कालै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले बताए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.