संसदमा एमालेको नाराबाजी (फोटो फिचर)
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नाराबाजी गरेपछि बुधबार बसेको संसद् बैठक स्थगित भएको छ। प्रतिपक्षको अवरोधपछि सभामुख देवराज घिमिरेले निर्धारित सबै कार्यसूची हटाउँदै बैठक शुक्रबारसम्मका लागि स्थगित गरेका छन्।
एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले अवैध सुन तस्करी प्रकरणबारे छानबिन समिति बनाउनुपर्ने आफ्नो पार्टीको माग यथावत रहेको बताएका थि।
सांसद थापा बोलिरहेकै बेला सत्तापक्षका सांसद पनि उठेपछि सभामुख घिमिरे उनीहरूलाई बस्न आग्रह गरेका थिए। सत्तापक्षका सांसदले आसन ग्रहण गरेपछि एमालेका सांसदहरूले रोस्टम घेराउ गर्दै नाराबाजी गरेका थिए।