महोत्तरीमा सुगरमापन मेसिन वितरण

महोत्तरीमा सुगरमापन मेसिन वितरण
सुन्नुहोस्

महोत्तरी : मधेस प्रदेशका पूर्वमन्त्री सरोजकुमार यादवले ११५ जना ज्येष्ठ नागरिकलाई सुगर मापन मेसिन निःशुल्क रूपमा प्रदान गरिएको छ। 

सोनमा गाउँपालिका र औरही नगरपालिकाको ११५ जना सुगरका बिरामी रहेका ज्येष्ठ नागरिकलाई सो सुगर मेसिन वितरण गरिएको हो।

पूर्वधार विकास कार्यालय जनकपुरधामको चालु आर्थिक वर्ष ०७९/०८० निर्वाचन विकास क्षेत्र कार्यक्रम अन्तर्गत सो मेसिन खरिद गरी वितरण गरिएको महोत्तरीका प्रदेशसभा सदस्य समेत रहेका पूर्वमन्त्री यादवले जानकारी दिए। 

ज्येष्ठ नागरिकले समय समयमा आफैले सुगर चेक गरेपछि खानपिनमा सचेत हुनुको साथै स्वास्थ्यलाई ध्यान राख्नमा सुलभ हुनेमा यादव विश्वस्त रहेका छन्।

औरही नगरपालिका वडा नम्बर १ र २ मा ६० जना तथा सोनमा गाउँपालिका वडा नम्बर ४ र ५ मा ५५ जना सुगरका बिरामी रहेका जेष्ठ नागरिकलाई सुगर मापन मेसिन वितरण गरिएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.