स्याङ्जामा ग्रेडवृद्धिका लागि ११ सयले परीक्षा दिँदै
स्याङ्जा : शुक्रबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा पुरक (ग्रेडवृद्धि) मा स्याङ्जाका एक हजार ९६२ सहभागी हुने भएका छन्।
शुक्रबार र शनिबार हुने परीक्षाका लागि सदरमुकामस्थित पुतलीबजार र वालिङ नगरपालिकामा परीक्षा केन्द्र तोकिएका शिक्षा विकास तथा समन्वय अधिकारी विश्वराज आचार्यले जानकारी दिए।
‘यस वर्ष आँखा पाक्ने रोगको संक्रमण दिनप्रतिदिन बढ्ने क्रम जारी छ भने, अर्कोतर्फ, टाढा टाढाबाट परीक्षा दिन आउने परीक्षार्थीलाई सदरमुकामसम्म आउन कठिनाइ देखिएकाले दुई पालिकामा केन्द्र तोकेका हौ’, अधिकारी आचार्यले बताए।
यसअघिका परीक्षा भने पुतलीबजारमा मात्र हुने गर्थ्यो । यसपटक माथिल्ला भेगका पालिकाहरू फेदिखोला, आँधीखोला, पुतलीबजार, भीरकोट, अर्जुनचौपारी, बिरुवा, हरिनासका विद्यार्थी पुतलीबजारमा परीक्षा केन्द्र तोकिएको छ।
यसैगरी तल्ला भेगका वालिङ, गल्याङ, चापाकोट र कालीगण्डकीका विद्यार्थीलाई वालिङमा परीक्षा केन्द्र तोकिएका हुन्।