बागमतीमा आजदेखि लम्पी स्किन विरुद्धको खोप अभियान
हेटौंडा : बागमती प्रदेशमा सप्ताहव्यापी लम्पी स्किन संक्रमण विरुद्धको खोप अभियान सुरु भएको छ।
पछिल्लो समय देशभर गाईभैसीमा महामारीका रूपमा फैलिएको संक्रमण रोक्नका लागि अभियान सञ्चालन गरिएको हो।
प्रदेशको कृषि तथा पशुपन्छी विकास निर्देशानलयले साउन ३१ गतेसम्म १३ वटै जिल्लामा एकसाथ खोप अभियान सुरु गरेको हो।