भन्सार छलीका सामानसहित दुई जना पक्राउ

भन्सार छलीका सामानसहित दुई जना पक्राउ
सुन्नुहोस्

गुलरिया : प्रहरीले भन्सार छलेर ल्याएको सामानसहित दुई जनालाई पक्राउ गरेको छ। 

गुलरिया नगरपालिका-११ स्थित कट्टी लालपुरबाट बर्दियाको गुलरिया नगरपालिका-११ का धनेश रैदास र कुरवारी रैदास पक्राउ परेका हुन्। 

एक लाख ९ हजार २०० रुपैयाँ बराबरको कपडालगायत सूर्तिजन्य सामानसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहराले बताए। 

प्रहरी नियन्त्रणमा रहेका दुवैजना र सामान आवश्यक कारबाहीका लागि राजापुर भन्सार कार्यालय गुलरियामा पठाएको डीएसपी बोहराले जानकारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.