डेंगुको संक्रमणबाट मकवानपुरमा एक जनाको मृत्यु

डेंगुको संक्रमणबाट मकवानपुरमा एक जनाको मृत्यु

हेटौंडा : डेंगु रोगको संक्रमणबाट मकवानपुरमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१२ पदमपोखरी निवासी राजेश प्रधान रहेका छन्।

तीन दिनअघि हेटौंडाको सञ्चो अस्पतालमा परीक्षण गराउँदा प्रधानलाई डेंगु पुष्टि भएको थियो। प्रधान मंगलबार अस्पताल भर्ना भएको र बुधबार थप उपचारका लागि भरतपुर गएको  अस्पतालले जनाएको छ। 

उनको चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। मृतक प्रधानलाई यसअघि पनि डेंगु रोगको संक्रमण पुष्टि भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.