प्रमाणपत्र गडबडीमा पक्राउ परे सांसद शर्मा

प्रमाणपत्र गडबडीमा पक्राउ परे सांसद शर्मा
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा कांग्रेस सांसद सुनील शर्मा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ले बिहीबार शर्मालाई पक्राउ गरेको। सीआईबीका प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार प्रमाणपत्र शंकास्पद देखिएका शर्मासहित अन्य पाँच जना डाक्टर पनि पक्राउ परेका छन्। अन्य पक्राउ पर्ने डाक्टरहरूमा रन्जित कुमार यादव, अमित चौधरी, रामबाबु यादव, एलिना शाह र अमित चौधरी छन्। 

कांग्रेस सांसद शर्मा विराटनगरस्थित नोबेल मेडिकल कलेज र काठमाडौं सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका सञ्चालक हुन्। स्रोतका अनुसार शर्माको प्रवीणता प्रमाणपत्र तहको प्रमाणपत्रमा अनावश्यक केरमेट गरिएको छ। भारतको एक शैक्षिक संस्थाबाट जारी भएको उनको प्रमाणपत्र ‘नक्कली’ भेटिएकाले अनुसन्धानका लागि पक्राउ गरिएको सीआईबीले बताएको छ। 
  

उक्त प्रमाणपत्रका आधारमा उनले एमबीबीएस अध्ययन गरेका थिए।

सभामुखलाई समेत जानकारी नदिई सीआईबीले शर्मालाई पक्राउ गरेको थियो। फौजदारी अभियोगमा प्रतिनिधिसभाका सांसदलाई पक्राउ गर्नुपरे सभामुखलाई जानकारी गराउनुपर्ने संवैधानिक व्यवस्था छ। तर, सीआईबीले शर्मालाई पक्राउ गरेपछि मात्रै सभामुखलाई जानकारीपत्र पठाएको थियो। सीआईबीले सभामुखलाई पठाएको पत्रमा सांसद शर्माले नेपाल मेडिकल काउन्सिलमा पेस गरेको शैक्षिक प्रमाणपत्रमा किर्ते गरिएको उल्लेख छ। ‘सुनिलकुमार शर्माले शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको कसुरमा प्रचलित कानुनबमोजिम अनुसन्धान गर्नुपर्ने भएकाले निज सुनिलकुमार शर्मा पक्राउ परेको जानकारी गराइएको छ,’ सीआईबीले भनेको छ। नेपाल प्रहरी प्रवक्ता कुबेर कडायतले शैक्षिक प्रमाणपत्रमा गडबडी देखिएकाले शर्मालाई पक्राउ गरिएको बताए। ‘शैक्षिक प्रमाणपत्र अनुसन्धानका लागि पक्राउ गरिएको हो,’ कडायतले भने। 

७ वर्षअघि नै थिए फरार सूचीमा सीआईबीले २०७३ सालमा नक्कली शैक्षिक प्रमाणपत्रधारी चिकित्सकलाई पक्राउ गर्न ‘अपरेसन क्वाकमा’ सञ्चालन गरेको थियो। ०७३ असार ४ गते २६ जना नक्कली शैक्षिक प्रमाणपत्रधारी डाक्टरहरू पक्राउ परेका थिए। त्यस बेला शर्मा पनि अनुसन्धानमा तानिएका थिए। तर, राजनीति दलका उच्च नेताहरूसँग बलियो सम्बन्ध भएका शर्मा सीआईबीको क्वाक अपरेसन चल्दाचल्दै फरार भएका थिए। त्यसलगत्तै उनी जापान र दुबई पुगेको सूचना बाहिरिएको थियो। 

शर्माले भारतको बिहार इन्टरमिडियट काउन्सिलबाट एमबीबीएस उत्तीर्णको प्रमाणपत्र लिएको सीआईबी स्रोतले बतायो। सीआईबीका अनुसार शर्माको एमबीबीएसको प्रमाणपत्र पनि नक्कली रहेको अनुमान छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.