महोत्तरीमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु

महोत्तरीमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु
सुन्नुहोस्

महोत्तरी : महोत्तरीमा अलग-अलग स्थानमा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। सम्सी गाउँपालिका-२ पर्सामा स १ त ५२९१ नम्बरको ट्याक्टर अनियन्त्रित हुँदा स्थानीय ७५ वर्षीय इन्द्रेश मोहिमको मृत्यु भएको हो। 

सो ट्याक्टरले स्थानीय मोहिमका साथै  ४५ वर्षीय शेष आलमलाई  दिएको थियो। गम्भीर घाइते रहेका दुवै जनालाई तत्कालै जानकी एकेडेमी पर्सा रामगोपालपुरमा उपचारका क्रममा मोहिमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

त्यस्तै आलमको शरीरको विभिन्न भागमा चोटपटक लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। यता, ट्याक्टर चालक सोनमा गाँउपालिका-१ का २१ वर्षीय लक्ष्मी साह प्रहरीको नियन्त्रणमा रहेको छ। 

त्यस्तै जिल्लाको बर्दिवास नगरपालिका अन्तर्गत बिपी राजमार्गमा भएको सवारी दुर्घटनामा परी बर्दिवास नगरपालिका-३ गौरीवासका ७२ वर्षीय रामबाबु मोक्तानको जनसेवा हस्पिटल बर्दिवासमा उपचारका क्रममा मृत्यु भएको हो। 

बर्दिवासबाट सिन्धुलीतर्फ जाँदै गरेको प्र ०१–०२६ च ५६४३ नम्बरको जीपले बाटो काट्दै गरेका मोक्तानलाई ठक्कर दिएको थियो। उनको जनसेवा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।

यस्तै पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बर्दिवास–४ स्थित भब्सिपुलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ ख ७१५३ नम्बरको जीपले बाटो काट्दै गरेका महोत्तरी गाउँपालिका–६ गोनरपुराका ५९ वर्षीय जगदीश साहलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएको साहको बर्दिबासस्थित सरकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्कर दिने तीनवटै सवारीसाधन अहिले प्रहरीको नियन्त्रणमा रहेको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी दिलीपकुमार गिरीले जानकारी दिएका छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.