करेन्ट लागेर बालिकाको मृत्यु
कपिलवस्तु : करेन्ट लागेर विजयनगर गाउँपालिका-२ जर्लैयाकी ६ वर्षीया बालिकाको मृत्यु भएको छ। स्थानीय चांद अली भाटकी छोरी साहिना खातुनको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ।
खानेपानी तान्ने चापाकलमा जडान गरिएको इलेक्ट्रिक मोटरबाट नुहाउँदै गर्दा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। नातिनीलाई करेन्ट लागेको थाहा पाए लगत्तै उद्धार गर्न पुगेकी ४८ वर्षीय हजुरआमा अन्जुम पनि करेन्ट लागेर घाइते भएकी छिन्।
उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।