विषालु च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी
कपिलवस्तु : विषालु जंगली च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी भएका छन्।
जिल्लाको मायादेवी गाउँपालिका-७ लालपुरकी ४५ वर्षीय विन्दु ठाकुरसहित परिवारका ७ जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार विषालु च्याउ सेवन गरेर ४५ वर्षीय विन्दु ठाकुर, २९ वर्षीय धर्मेन्द्र ठाकुर, २६ वर्षीय कुसुम ठाकुर, २६ वर्षीय करण ठाकुर बिरामी परेका छन्।
यसैगरी ४ वर्षीय अन्सिका ठाकुर, ६ वर्षीय ज्योति ठाकुर र ३ वर्षीय सुशान्त ठाकुर बिरामी परेको प्रहरीले जनाएको छ।
बिरामी परेका परिवारका ७ जनाको तौलिहवास्थित कपिलवस्तु अस्पतालमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।