हवाई सेवा सञ्चालन नहुँदा हुम्लामा बालकको ज्यान गयो

हवाई सेवा सञ्चालन नहुँदा हुम्लामा बालकको ज्यान गयो
हुम्ला विमानस्थल। तस्बिर : अन्नपुर्ण।

वीरेन्द्रनगर/हुम्ला : जिल्ला अस्पताल हुम्लामा उपचारका क्रममा एक बालकको ज्यान गएको छ। जिल्ला अस्पतालमा स्रोत साधनको अभाव र जिल्ला बाहिर लैजान हवाई सेवा अवरुद्ध भएका कारण ६ महिने बालकको अस्पतालमै ज्यान गएको हो। 

ज्यान गुमाउनेमा सिमकोट गाउँपालिका-६ का बालक इमरान सुनार रहेका छन्। उनलाई साउन १६ गते घरबाट जिल्ला अस्पताल उपचार गर्न ल्याएकोमा यहाँ उपचार गर्न सम्भव नभएको भन्दै सुविधा सम्पन्न अस्पताल लैजान रिफर गरिएको थियो। 

तर हुम्लामा जिल्ला बाहिर जाने एक मात्र विकल्प हवाई सेवा अवरुद्ध हुँदा उनलाई समयमै जिल्ला बाहिर लैजान सकिएन। बालकलाई सामान्य रुघाखोकी लागेर जिल्ला अस्पताल ल्याएकोमा थप जटिल बन्दै गएका कारण बालकको मत्यु भएको मृतक बालकका बुवा सुर सुनारले बताए। उनका अनुसार छोरालाई रुघाखोकी लागेर जिल्ला अस्पतालमा लगे पनि उपचार हुन नसकेर उपचारका क्रममा मृत्यु भयो। उनले भने, 'हामी हुम्लावासीले रुघा खोकीको समेत उपचार नपाएर ज्यान गुमाउनु परेको छ। हाम्रा लागि राज्य कहाँ छ र? 

उक्त बालकलाई कडा खालको निमोनिया, झाडा पखाला र रुघाखोकी  लागेको थियो। जिल्ला अस्पतालमा कार्यरत अनमी सरिता बोहोराले भनिन्, 'बालकको अवस्था गम्भीर देखेपछि थप उपचारका लागि साउन १८ गते नै जिल्ला बाहिर सुविधा सम्पन्न हस्पिटलमा रिफर गरिएको हो। तर हवाई सेवा अवरुद्ध भएका कारण बिरामीका आफन्तले बालकलाई लैजान सकेनन्। अस्पतालले रिफर गरे पनि नागरिक उड्डयन प्राधिकरणको नयाँ नियमले हुम्लामा हवाई यातायात ठप्प हुँदा बिरामी बालकलाई जिल्ला बाहिर लिन नपाउँदै मृत्यु भएको हो।   

प्राधिकरणको नयाँ नियमले कर्णालीमा हवाई सेवा प्रभावित छ। हुम्लामा अकालमै ज्यान गुमाउने इमरान मात्र नभई सिमकोट गाउँपालिका-७ का कालीबहादुर शाहीका ७ महिनाका छोरा रोहित शाहीको पनि साउन २४ गते मृत्यु भयो। 

रुघाखोकी र पखाला लागिरहेका बालक रोहितलाई करिब पाँच दिनसम्म जिल्ला अस्पतालमा राख्दा पनि कुनै सुधार नभएपछि उनलाई पनि थप उपचारका लागि सुर्खेत वा नेपालगन्ज लैजान रिफर गरिएको थियो। 

तर प्राधिकरणको नयाँ नियमले  १२ बजेसम्म मौसम राम्रो नहुने १२ बजेपछि मौसममा खराबी हुने हुँदा हुम्लाका मात्र दुई जना बालकले अकालमै ज्यान गुमाए। 

रोहितका बुवा प्रवजन शाहीले भने, 'मेरो छोरासँगै दुई जना बिरामीले नेपालगन्ज जान खोजेका थिए। तर जहाज आएन। जिल्ला बाहिर उपचार गर्न जान हवाई सेवाको विकल्प छैन।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.