सशस्त्र प्रहरीद्वारा मकवानपुरमा ५ करोड ५५ लाख राजश्व संकलन

सशस्त्र प्रहरीद्वारा मकवानपुरमा ५ करोड ५५ लाख राजश्व संकलन

हेटौंडा : सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण हेडक्वार्टर मकवानपुरले पछिल्लो ३ महिनामा साँढे ५ करोडभन्दा बढी बराबरको राजश्व संकलन गरेको छ। 

सशस्त्र प्रहरीले यो अवधिमा मकवानपुरमा एक दर्जनबढी उद्धारका कार्य गरेको छ। गणले अवैध सामानहरू बरामद गर्नुको साथै ३३ वटा सवारी साधन नियन्त्रणमा लिएको जनाएको छ। 

अवैध सामान ओसारपसार गर्ने ३२ वटा ट्रकबाट ५ करोड २० लाख ४० हजार ७ सय ६४ रुपैयाँ राजस्व र एउटा पिकअप भ्यानसहित अवैध सामान बरामदबाट ३४ लाख ६४ हजार ९० रुपैयाँ गरी जम्मा ५ करोड ५५ लाख ४ हजार ८ सय ५४ रुपैयाँ बराबरको अवैध सामान बरामद गरी जरिवाना गराइएको गणका प्रमुख अनिल कार्कीले जानकारी दिएका छन्। 

नियन्त्रणमा लिइएका १४ वटा ट्रकलाई राजश्व अनुसन्धान विभाग हरिहरभवन काठमाडौंमा पठाइएको, १८ वटा ट्रक र अवैध सामानलाई राजश्व अनुसन्धान कार्यालय पथलैयाको जिम्मा लगाइएको, एउटा पिक अपभ्यानसहित अवैध सामानलाई वीरगंज भन्सार कार्यालय पठाइएको उनले बताए। 

त्यस्तै जिल्लाका विभिन्न स्थानमा पुगेर विपदको जोखिम न्यूनीकरण, खोज तथा उद्धार कार्य गर्नुको साथै विपद् व्यवस्थापन सम्बन्धी जनचेतनामुलक अभिमुखीकरण कक्षा सञ्चालन, जलवायु परिवर्तन सम्बन्धी अभिमुखीकरण लगायतका सचेतनामुलक कार्यक्रम आयोजना गरिएको कार्कीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.