बागमतीको १० जिल्लामा दुर्घटनामा परी २९९ जनाको मृत्यु
![बागमतीको १० जिल्लामा दुर्घटनामा परी २९९ जनाको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_EnsmyeBNFV_ZtWfeKDEjQ.jpg)
हेटौंडा : बागमती प्रदेशमा गत आर्थिक वर्ष २०७९/०८० मा सवारी दुर्घटनाबाट २९९ जनाले ज्यान गुमाएका छन्।
प्रदेशको काठमाडौं, ललितपुर र भक्तपुरबाहेकका १० जिल्लामा विभिन्न समयमा भएको दुर्घटनाको क्षतिबारे प्रदेश प्रहरी कार्यालय हेटौंडाले तथ्यांक सार्वजनिक गरेको हो।
सो अवधिमा १ हजार ३ सय ६१ वटा दुर्घटना हुँदा ठूलो संख्यामा मानिसहरूको मृत्यु भएको र २ हजार ८ सय ९१ जना घाइते भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।
अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को तुलनामा दुर्घटना र मृतकको संख्या कम भए पनि यसलाई अझै न्यूनीकरण गर्दै लैजान प्रहरीले प्रयास गरिएको कार्यालयले जनाएको छ।
आर्थिक वर्ष २०७८/०७९ मा १ हजार ७ सय ९८ वटा दुर्घटना हुँदा ४१३ जनाको मृत्यु भएको थियो। त्यस्तै ३ हजार ९ सय ९५ जना घाइते भएका थिए।
सवारी चालकले मादक पदार्थ सेवन गर्नु, सवारीको अवस्था अकस्मात् बिग्रनु, साँघुरो सडक, तीव्र गति, ट्राफिक नियमको पालना नगर्नु जस्ता कारणबाट अधिकांश दुर्घटना भएको प्रहरीको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)