खुला युथ मिनी म्याराथन : पुरुषतर्फ राजन र महिलातर्फ सुस्मिता प्रथम

खुला युथ मिनी म्याराथन : पुरुषतर्फ राजन र महिलातर्फ सुस्मिता प्रथम
सुन्नुहोस्

झापा : झापाको सदरमुकाम भद्रपुरमा खुला यूथ मिनी म्याराथन (महिला र पुरुष दौड) प्रतियोगिता शनिबार सम्पन्न भएको छ। 

प्रतियोगितामा पुरुष तर्फबाट राजन म्याङ्वो प्रथम,दीपेश तामाङ द्वितीय, सुदिप लुम्बा तृतीय र चौथो स्थानमा सन्तोष साउद भएका थिए। 

त्यस्तै महिला तर्फबाट सुस्मिता राई प्रथम, गीता श्रेष्ठ द्वितीय, जुनु राई तृतीय र मुना पोखरेल चौथो भएका थिए। 

विजेता हुनेहरू मध्ये प्रथमलाई नगद १० हजार, द्वितीयलाई ७ हजार, तृतीयलाई ५ हजार र सान्त्वनालाई नगद ३ हजार नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिएको थियो भने सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो। 

अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर भद्रपुर नगर युवा परिषद्ले दिगो विकास लक्ष्य, प्राप्तिमा युवाको साथ : नवपर्वतन र उद्यमशीलतामा हरित सीप विकास भन्ने मूल नाराका साथ यूथ मिनी म्याराथन प्रतियोगिता सम्पन्न गरेको हो। 

भद्रपुर नगरपालिका-२ स्थित सगरमाथा चोकबाट शनिबार बिहान ८ बजे सुरु भएको दौड प्रतियोगिता ज्ञानेचोक, आपगाँछी, झापाचोक, भानुचोक हुँदै नगरपालिका कार्यालयको मुख्य प्रवेशद्वार आएर टुंगिएको थियो। करिब ८ किलोमिटरको दौडमा महिला र पुरुष गरी एक सय जनाको सहभागिता रहेको थियो। 

नगर प्रमुख गणेश पोखरेलले सम्पूर्ण युवाहरूलाई ऊर्जाशील बनाउनका लागि एकै ठाउँमा गोलबद्ध बनाउन अन्तर्राष्ट्रिय युवा दिवसकै अवसरमा खुल्ला यूथ मिनी म्याराथन आयोजना गरिएको बताए। 

सोही अवसरमा नगर युवा परिषद्ले गत जेठ १८ र १९ गते आयोजना गरेको दुई दिने यूथ समिटबाट  तयार पारिएको युवा घोषणापत्र समेत सार्वजनिक गरिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.