स्मार्ट कृषिले व्यवसायिक बनाउँदै कृषक

स्मार्ट कृषिले व्यवसायिक बनाउँदै कृषक
सुन्नुहोस्

सन्धिखर्क : सन्धिखर्क नगरपालिका-१ र २ मा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन भएपछि कृषकहरु व्यवसायिक तरकारी खेतीमा लागेका छन्। सन्धिखर्कको कुडुले फाँट, बृति फाँट र सुक्मी फाँटका कृषक अहिले परम्परागत खेती छाडेर मौसमी तथा बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका छन्। 

लुम्बिनी प्रदेश सरकारले स्मार्ट कृषि गाउँ कार्यक्रम लागु गरेपछि यस क्षेत्रका कृषक पनि आधुनिक तथा प्रविधीमैत्री तरिकाले तरकारी खेतीमा लागेका हुन्। 

आर्थिक वर्ष २०७७/७८ देखि लागु भएको स्मार्ट कृषि गाउँ कार्यक्रमबाट यस क्षेत्रका ५६ जना कृषक तरकारी खेतीमा लागेका सन्धिखर्क स्मार्ट कृषि गाउँ कार्य समितिका अध्यक्ष प्रेमनारायण भुसालले बताए। उनले ५६ जना मध्ये ४५ जना कृषक व्ययसायिक कृषि पेशामा लागेको जानकारी दिए। कृषकको मागका आधारमा कृषकलाई बिउपल तथा अत्याधुनिक उपकरणसमेत प्रदान गरेको अध्यक्ष भुसालको भनाइ छ। 

तरकारी खेतीलाई आधुनिकीकरण र व्यवसायिक बनाउन स्मार्ट कृषि गाउँ कार्यक्रमले आफूहरुलाई सहयोग गरेको कृषक गोपालप्रसाद खनालले बताए। उनले कृषकको मागका आधारमा मिनीटिलर, डिजिटल काटा, पानी तान्ने मोटर पम्प, स्केयर, प्लाष्टिक टनेल जस्ता सामाग्रीका साथै उन्नत जातका मौसमी तथा बेमौसमी तरकारीका बिउ समेत कृषकले प्राप्त गरेको बताए। 

उत्पादित तरकारी बिक्रीका लागि पनि कुनै समस्या नभएको, बजार नजिक भएकाले पनि उत्पादन भएको तरकारी सन्धिखर्क र चुत्राबेसीको बजारमा बिक्री भएको कृषकको भनाइ छ । 

आधुनिक प्रविधिको प्रयोग गरी तरकारी खेती गर्दा उत्पादनमा वृद्धि भएको र समयको पनि  बचत भएको कृषक दिपक नेपालीले बताए। उत्पादित बस्तुहरु स्थानीय बजारमा नै खपत भएको र बढी भएमा छिमेकका जिल्लामा बिक्री वितरण भएको जानकारी दिए। 

आधुनिक प्रविधिबाट कृषकहरुलाई व्यवसायिक बनाउन र कम लागतमा बढी उत्पादन गरी आयआर्जन बढाउने उद्देश्यले स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन भएको कृषि ज्ञान केन्द्रका प्रमुख बुद्धिराज घिमिरेले बताए। जसका कारण कृषकहरु व्यवसायिक बनेर राम्रो उत्पादन गरेका र आयआर्जनमा समेत वृद्धि भएको जनाए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.