साइकल चोरीमा संलग्नको साथबाट प्रतिबन्धित औषधि बरामद

साइकल चोरीमा संलग्नको साथबाट प्रतिबन्धित औषधि बरामद
फाइल तस्बिर।
सुन्नुहोस्

विराटनगर : मोरङको पथरीशनिश्चरेमा साइकल चोरीमा संलग्न रहेका युवाको साथबाट प्रतिबन्धित औषधि बरामद भएको छ । 

पथरीशनिश्चरे नगरपालिका–२ स्थित प्रदीप धिमालको घरबाट साइकल चोरी गर्दै गर्दा शनिबार राति उर्लाबारी नगरपालिका–१ का २५ वर्षीय रमेश बराइली पक्राउ परेका थिए । धिमालको घरमा राखेको साइकल चोरी गर्दै गरेको थाहा पाएपछि स्थानीयले नियन्त्रणमा लिएर बराइलीलाई प्रहरीको जिम्मा लगाएका थिए । 

शरीर खानतलासी गर्दा उनको साथबाट स्पासपेन ४७, ट्रमाडोल ९६ र डिकोलिक ५० ट्याब्लेट बरामद भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । उनका अनुसार बराइलीलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि औषधि व्यवस्था विभागको जिम्मा लगाउने तयारी गरिएको छ । 

नेपालमा प्रयोगमा प्रतिबन्ध लगाइएको औषधि मिसाएर दुव्र्यसनीले लागूऔषधका रूपमा प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.