संसद निदाएर बस्ने थलो होइन

संसद एमालेले होइन, सरकारले चल्न दिएन : ओली

संसद एमालेले होइन, सरकारले चल्न दिएन : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षले संसदमा प्रतिपक्षलाई बोल्न नदिएको दाबी गरेका छन्। आइतबार पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा ओलीले अहिलेको संसद एमालेले चलाउन खोजेपनि सरकारले चल्न नदिएको बताएका हुन्।

उनले भने,‘अहिले‍को संसदको अवरोध तपाईंहरुले देख्नभएको छ। हामी चलाउन खोजिरहेका छौं तर प्रतिपक्ष बोल्न उठ्ने बित्तिकै, सत्तापक्ष जर्‍याकजुरुक्क सबै उठे‍र हो हल्ला गर्ने संसदमा व्यवधान गर्ने, बोल्न नदिने गरिरहेको छ।’

ओलीले संसद निदाएर बस्ने थलो नभएको बताए। ‘संसद अवरोध हुनै हुँदैन। गर्नै हुँदैन, गर्ने परिस्थिति ल्याउनु हुँदैन। संसद देशका लागि जनताका लागि काम गर्ने थलो हो। संसद देश र जनताका पक्षमा बोल्ने आवाज उठाउने ठाउँ हो।’ उनले भने, ‘देश र जनताका हितमा सरकारमा भए रक्षा गर्ने र सरकारमा नभए रक्षाका निम्ति दबाब दिने थलो हो। संसद निदाएर बस्ने थलो होइन।’

ओलीले देश र जनताका पक्षमा बोलिएका विषयलाई सरकारले गम्भीरता पूर्वक लिनुपर्ने बताए। उनले अर्थतन्त्र नाजुक अवस्थामा पुगेको दाबी गरे। उनले सरकार अपराधिलाई जोगाएर स्टण्डबाजीमा उत्रिएको टिप्पणी गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.