हर्क साम्पाङले कोकाहा खोलाबाट ल्याएको खानेपानी दुषित

खानेपानी परीक्षण गर्दा दिसामा पाइने वस्तु भेटियो

हर्क साम्पाङले कोकाहा खोलाबाट ल्याएको खानेपानी दुषित
फाइल तस्बिर।
सुन्नुहोस्

धरान :धरानका मेयर हर्क साम्पाङले जनश्रमदान गरी कोकाहा खोलाबाट धरान ल्याएको खानेपानी पिउन नहुने दुषित रहेको पाइएको छ। मानव जीवनमा प्रत्यक्ष असर गर्ने गरी दुषित खानेपानी वितरण गरिएको भन्दै मेयर साम्पाङविरुद्ध स्थानीय बासिन्दा खनिएका छन्। 

स्थानीयले स्वच्छ खानेपानी वितरण गर्न माग गरेको भए पनि धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्षसमेत रहेका मेयर साम्पाङले अटेर गरेको स्थानीयको आरोप छ। 

जनताको करिव ४ करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग ९८ दिन जनश्रमदान गरेर धरान ११ को विष्णु चोकको खोनेपानी ट्यांकीमा झारिएको खानेपानी परीक्षण गर्दा दिसामा पाइने इकोलिफर्म भन्ने  तत्व भेटिएको हो। हप्तादिन अगाडि मेयर साम्पाङले कोकाहा खोलाबाट ल्याएका खानेपानी परीक्षण गर्दा दिसा मिसिएको इकोलिर्फम भटिएको थियो। 

धरानमा दुषित खानेपानी वितरण गरेका कारण स्थानीय बिरामी पर्न थालेपछी राष्ट्रिय स्वतन्त्र पार्टी धरानले खानेपानी परीक्षण गर्दा खानेपानीमा दिसामा पाइने इकोलिफर्म भेटिएको थियो। तर, खानेपानी परीक्षणमा वैधानिकताको प्रश्न उठाउँदै मेयरसाम्पाङले प्रश्न उठाए पश्चात साउन २५ गते संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरको पानि परीक्षण प्रयोगशाला इटहरीले धरानको पाँच स्थानको खानेपानी परीक्षण गरेको थियो। 

खाने पानी परीक्षण प्रयोगशाला इटहरीका ल्याब शाखा प्रमुख (टेनिस्ट) रमेश यादवले  कोकाहा खोलाको पानी परीक्षण गर्दा दिसामा पाइने इकोलिफर्म भेटिएको पुष्टि गरे। उनले आइतबार धरानको खानेपानीको परीक्षणमा उक्त दुषित बस्तु फेला परेको जानकारी दिएका छन्। यादवले कोकाहा खोलाबाट धरान ११ स्थित विष्णु चोकको ट्यांकीको पानी धरान १७ को खानेपानी र निसाने, सर्दु र खर्दु खोलाको पान‍ी संकलन गरी परीक्षण गरिएको बताए। 

धरान उपमहानगरपालिका–२० मा पर्ने कोकाहा खोलाको पानी सुनसरीको बराहक्षेत्र नगरपालिका हुँदै घना जंगल क्षेत्रबाट ९८ दिनसम्म चलाइएको जनश्रमदानबाट धरानमा खानेपानी भित्र्याइएको थियो। खानेपानी व्यवस्थित तरिकाले नल्याइएका कारण स्थानीयलाई दुषित खानेपानी वितरण गरिएको जनता समाजवादी पार्टीका धरान अध्यक्ष ताजुव लिम्बुले बताए। उनले मेयर साम्पाङलाई दुषित खानेपानी वितरण नगर्न सबै राजनैतिक दलहरुको तर्फबाट लिखित अनुरोध गर्दासमेत वास्ता नगरिएको बताए। 

धरान उपमहानगरपालिका वडा नम्बर–१५ का अध्यक्ष नरेश इवारमले पनि खानेपानी व्यवस्थापन बोर्डका अध्यक्षसमेत रहेका मेयर साम्पाङले वर्षातको समयमा जथाभावी खोलाको पानी ट्यांकीमा मिसाएर दुषित पानी वितरण गरिएको बताए। उनले दुषित पानी वितरण गरेका कारण आफ्नो वडाका वासिन्दा बिरामी पर्न थालेको बताए। धरान १६ का भुपाल साम्पाङले  धरानका मेयरले सस्तो लोकप्रियताका नाममा सर्वसाधारणलाई दुषित खानेपानी वितरण गरी जनताको स्वास्थ्य माथी खेललबाड गरेको आरोप लगाए। 

धरानका मेयर साम्पाङले कोकाहा खोलाबाट ल्याएको पानीमा मात्र नभएर वर्षातको समयमा धरानका सबै खोलामा इकोलिफर्म भेटिने बताएका छन्। उनले वर्षातको समयमा बाढी आएको समयमा दुषित पानी आउने गरेका कारण खानेपानी वितरणमा सुधार गर्ने प्रतिबद्धता जनाएका छन्। धरान खानेपानी व्यवस्थापन बोर्डका प्रमुख इन्जिनियर राजु पोखरेलले धरानमा वितरण गरिएको पानीमा केमिकल हालेर वितरण गर्ने गरेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.