नेपाल समाजवादी पार्टी कर्णालीको अध्यक्षमा भट्टराई
वीरेन्द्रनगर : नेपाल समाजवादी पार्टीको कर्णाली प्रदेश अध्यक्षमा लक्ष्मीप्रसाद भट्टराई चयन भएका छन्। शनिबार र आइतबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भएको भेलाले भट्टराईको नेतृत्वमा प्रदेश कमिटी गठन गरेको हो।
उपाध्यक्षमा धनबहादुर भण्डारी, जनकबहादुर विष्ट, अनिता मल्ल, मनबहादुर नेपाली, झलक बुढा, नारायण गिरी, मुख्य सचिव भीमबहादुर बोहोरा, सचिवमा कल्पना श्रेष्ठसहित १ सय ११ जनाको प्रदेश कार्यसमिति चयन गरिएको छ।
नेपाल समाजवादी पाटीका केन्द्रीय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रशिक्षण दिएका थिए।
नवनिर्वाचित प्रदेश अध्यक्ष लक्ष्मीप्रसाद भट्टराईले मुलुकको वैकल्पिक धारको राजनीतिको नेतृत्व गरिरहेको यो पाटीलाई कर्णालीमा पनि सशक्त पार्टी निर्माणको अभियान थालनी गरिने बताए।