बबईमा बेपत्ता हुनेको संख्या ३ पुग्यो, २२३ घर डुबान

बबईमा बेपत्ता हुनेको संख्या ३ पुग्यो, २२३ घर डुबान

गुलरिया: बबई नदीमा बेपत्ता हुनेको संख्या ३ पुगेको छ। गुलरिया नगरपालिका-२ निवासी महेश चौधरी पण्डितपुर घाटबाट बेपत्ता भएका छन्। 

बबई नदीमा दाउरा छोप्ने क्रममा गुलरिया नगरपालिका-२ का २७ वर्षीय महेश चौधरी, वडा नम्बर ८ निवासी २३ वर्षीय अक्षय चौधरी र वडा नम्बर १२ निवासी ३० वर्षीय वालकृष्ण थारू बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर बोहराले पुष्टि गरे। 

तीनै जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले मोटरबोटसहित खोजीकार्य भइरहेको उनले बताए। दुई दिनदेखि परेको अविरल वर्षाका कारण बर्दियाका दुई पालिका डुबानमा परेको छ। 

बाँसगढीका दुईवटा वडा र बारबर्दिया नगरपालिकाका तीनवटा वडा डुवान प्रभावित भएका हुन्। बाँसगढी नगरपालिका वडा नम्बर ८ को रेशमपुर र ९ को कुइनेठीमा १ सय २० गरी १ सय ८० घर डुबान भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक बोहराले बताए। 

उनीहरू स्थानीय छिमेकीको घरहरूमा आश्रय लिएका छन्। त्यस्तै बारबर्दिया नगरपालिका वडा नम्बर ७, ८ र ९ मा ४३ घर डुबानमा परेका छन्। 

बारबर्दियाका तीनवटै वडाका डुबान प्रभावित स्थानीयहरू सरस्वती माध्यमिक विद्यालय र युवक माध्यमिक विद्यालयमा आश्रय लिइरहेको उनले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.