प्रतिनिधिसभा बैठक बस्दै, टोपबहादुर रायमाझी निलम्बनमा परेको जानकारी गराइने

प्रतिनिधिसभा बैठक बस्दै, टोपबहादुर रायमाझी निलम्बनमा परेको जानकारी गराइने

काठमाडौं : संघीय संसदअन्तर्गतको आज प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक दिउँसो १ बजेका लागि डाकिएको संघीय संसदको महासचवि डा.भरतराज गौतमले जानकारी दिए।

यसअघि बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रतिपक्ष नेकपा एमालेले सुन तस्करी प्रकरणको अनुसन्धानका लागि छानबिन समितिको माग गर्दै अवरोध गरेपछि आजसम्मका लागि बैठक स्थगित गरिएको थियो।

सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको जवाफ चित्त बुझ्दो नभएको भन्दै सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले साउन १० गतेदेखि  संसद चल्न दिएको छैन।

गृहमन्त्री श्रेष्ठले सुन तस्करी प्रकरणको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको  र उसको निष्कर्ष नआउञ्जेल अर्को समिति आवश्यक नभएको जवाफ दिएका थिए।

तर एमाले भने सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको संलग्नता हुनसक्ने भन्दै छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ। छानबिन समिति नबनेसम्म संसद चल्न नदिने एमालेको अडान छ।

विमानस्थलबाट भन्सार चेकजाँच पास भइ बाहिरिएको एक क्वीन्टल सुन प्रकरणमा सरकारका मन्त्री एवं सत्तापक्षकै नेताहरूको संलग्नता रहेको भन्दै अनुसन्धानका लागि छानबिन समिति बनाउनुपर्ने माग गर्दै संसद अवरुद्ध गर्दै आएको हो।

आजको बैठक सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनको लागि प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराउने छन्। रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परी हाल पूर्पक्षका लागि थुनामा रहेका छन्।

नेपालीलाई भुटानी शरणार्थी बनाएको अभियोगमा हाल एमालेबाट निर्वाचित सांसद रायमाझी,पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायतका व्यक्तिहरू पूर्पक्षका लागि थुनामा छन्।

यसैगरी आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने कार्यसूची छ।

यसैगरी कानून,न्याय तथा संसदीय मामिला मन्त्री श्री धनराज गुरुङ्गले नेपाल सरकार,मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम सदन समक्ष पेश गर्ने र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको “नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.