बालयौन दुरुपयोग गरेको अभियोगमा चाइल्ड केयर सेन्टरका सञ्चालक पक्राउ
ललितपुर : बालयौन दुरूपयोग गरेको अभियोगमा चाइल्ड केयर सेन्टरका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। ललितपुर महानगरपालिका-२२ बुङ्मतीस्थित ब्लेस हाउस एण्ड चाइल्ड केयर सेन्टरका सञ्चालक हुम्ला सिमिकोट गाउँपालिका-६ घर भएका ४१ वर्षीय दत्त सिंह बुढालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार दत्तसिंहले उक्त चाइल्ड केयरमा बस्दै आएकी ८ वर्षीया बालिकालाई गत असारदेखि साउन २६ गते बिहानसम्म बालयौन दुरूपयोग गरेको र बालिकाले यस्तो नगर्नुभन्दा कुटपिट तथा शारीरिक यातना समेत दिएको भन्ने उजुरीको आधारमा खटिएको उनलाई पक्राउ गरेको हो। बालिकालाई हाल संरक्षण गृहमा राखिएको छ।
दत्तसिंहमाथि उपर जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीले अनुसन्धान गरिरहेको छ।