बहुचर्चित क्वार्ज क्रिस्टल गोरखा दरबारमा राख्ने नगरपालिकाको निर्णय

बहुचर्चित क्वार्ज क्रिस्टल गोरखा दरबारमा राख्ने नगरपालिकाको निर्णय
सुन्नुहोस्

गोरखा : प्रहरी कार्यालयभित्र राखिएको बहुचर्चित क्वार्ज क्रिस्टल(रत्नपत्थर)लाई गोरखा दरबारमा प्रतिस्थापन गर्ने गोरखा नगरपालिकाले निर्णय गरेको छ। 

आइतबार सम्पन्न बैठकले सो क्वार्ज क्रिस्टललाई वैदिक विधिवत् गोरखा दरबार(गोरखकाली मन्दिर)मा प्रतिस्थापन गर्ने निर्णय गरेको हो।

सो क्वार्ज क्रिस्टलका धनी शाही परिवारसहित सरोकारवालाहरूसँग संयुक्त बैठक गरी त्यसलाई यथाशीघ्र कालिका मन्दिर परिसरमा प्रतिस्थापन गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ। 

साथै आइतबार नै जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखी नगरपालिकाले सो रत्नपत्थरलाई जिल्ला बाहिर नपठाउन आग्रह गरेको छ। ‘सो अलौकिक शिलालाई गोरखा दरवारमा तत्काल नै विधि पूर्वक प्रतिस्थापन गर्ने निर्णय गर्दछ’, निर्णयमा भनिएको छ, ‘उक्त अलौकिक शिलालाई कुनै हालतमा पनि जिल्ला बाहिर लान नदिने भन्ने सम्पूर्ण गोरखावासी, संघ संस्था, बुद्धिजीवी, नागरिक समाजहरूको चाहना छ। र कुनै पनि हालतमा जिल्लाभित्र गोरखकाली भगवतीको दरबार परिसरमा रहनु पर्दछ भनी घरधनी चन्द्रबहादुर शाही परिवारले समेत उक्त क्वार्ज क्रिष्टललाई गोरखकाली मन्दिर परिसरभित्रै राखी समय समयमा हामीले पूजा गर्न पाउनु पर्दछ भन्ने चाहना भएको हुँदा आजको भेलाले उक्त अलौकिक शिलालाई गोरखा दरवारमा तत्काल नै विधि पूर्वक प्रतिस्थापन गर्ने निर्णय गर्दछ।’ 

सो रत्नपत्थर गोरखाली जनताले शक्तिको प्रतीकका रूपमा मानेको भन्दै बैठकले त्यसलाई जिल्लाबाहिर लान नदिई गोरखकाली मन्दिर परिसरभित्र सुरक्षित साथ भगवतीको शिलाका रूपमा स्थापना गर्नुपर्ने उल्लेख गरेको छ। साथै आन्तरिक तथा बाह्य पर्यटकहरूलाई समेत यसले प्रभाव पार्ने हुँदा गोरखकाली मन्दिरमा नै राख्नु पर्ने ठहर भएको नगरपालिकाको निष्कर्ष छ।

नगरपालिकाले उक्त निर्णय नेपाल सरकार, प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, भूगर्भ विभाग, पुरातत्व विभाग, जिल्ला प्रशासन कार्यालय गोरखा, जिल्ला प्रहरी कार्यालय गोरखामा जानकारीका लागि पठाउने समेत निर्णय गरेको छ।

गोरखा नगरपालिका वडा नं ७ का चन्द्रमान शाहीको घरमा परापूर्व कालदेखि कुल देवताको रुपमा पूजाआजा हुँदै आएको सो रत्नपत्थर प्रहरीले गत असार १४ गते बरामद गरी प्रहरी कार्यालयभित्र सुरक्षित गरेको छ। 

गत हप्ता भूगर्भ विभागबाट विज्ञको टोली आई परीक्षण गर्दा सो पत्थर ५२ किलो ३३० ग्राम रहेको र सो पत्थर बहुमूल्य क्रिष्टल क्वार्ज भएको प्रमाणित गरी त्यसलाई भूगर्भ विभागमा पठाउनका लागि सिफारिस गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.