सामसङ ग्यालेक्सी जेड फ्लिप५ र ग्यालेक्सी जेड फोल्ड५ सार्वजनिक

सामसङ ग्यालेक्सी जेड फ्लिप५ र ग्यालेक्सी जेड फोल्ड५ सार्वजनिक
सुन्नुहोस्

काठमाडौं : सामसङले स्मार्टफोन ग्यालेक्सी जेड फ्लिप५ र ग्यालेक्सी जेड फोल्ड५ सार्वजनिक गरेको छ। सोल्टी होटलमा आइतबार आयोजित एक कार्यक्रममा सामसङले दुई स्मार्टफोन सार्वजनिक गरेको हो।

सामसङका सहउपाध्यक्ष सुङजुन पार्क, सामसङका निर्देशक प्रणयरत्न स्थापित र मिस नेपाल २०२२ की प्रियँका रानी जोशीले संयुक्त रुपमा ती नयाँ मोबाइलहरुको अनावरण गरिएको हो।

कार्यक्रममा नयाँ ग्यालेक्सी जेड फ्लिप–५ र ग्यालेक्सी जेड फोल्ड–५ को विभिन्न विशेषताहरू पकेटेबिलिटी, कभर स्क्रिन, फ्लेक्स मोड, वाइड स्क्रिन, इमर्सिभ भिउइंग, सेल्फी र आइपिएक्स८ रेटिङलाई फेसन रन–वेमा मोडलहरूले प्रदर्शन गरेका थिए।

'सामसङले निरन्तर रूपमा ग्यालेक्सी जेड सिरिजलाई उत्कृष्टता र परिष्कृत गर्दै लगेको छ। ग्यालेक्सी जेड फ्लिप–५ को नयाँ फ्लेक्स विण्डोमा कन्टेन्ट सिर्जना गर्नेदेखि ग्यालेक्सी जेड फोल्ड–५मा मल्टिटास्किङ गर्नसम्म सकिने, ग्यालेक्सी फोल्डेबलको यी सिरिजले आजका प्रयोगकर्ताहरूको उच्चतम आवश्यकताहरूलाई पूरा गरेर त्यसलाई अझ नयाँ स्तरमा पुर्‍याउनेछन्,' निर्देशक स्थापितले भने।

दुवै फोनलाई धेरै टिकाउ बनाउन सावधानीपूर्वक निर्माण गरिएको छ। मेन स्क्रीन शक डिस्पर्शन तहका साथ जडान गरिएको छ। यसका साथै आइपिएक्स८ को रेटिङ, आर्मर अलुमिनियम फ्रेमहरू र गुरिल्ला ग्लास भिक्टसको प्रयोग फ्लेक्स विण्डो र पछाडि कभर दुवैतिर गरिएको कम्पनीले जनाएको छ।

ग्यालेक्सी जेड फ्लिप५ 

ग्यालेक्सी जेड फ्लिप ५सेल्फ एक्सप्रेसनका लागि निर्मित पकेट साइजको फोन हो। जसले स्टाइलिस, उत्कृष्ट फोल्डबल अनुभव प्रदान गर्छ। 

ग्यालेक्सी जेड फ्लिप५ मिन्ट, लाभेण्डर र कालो गरी तीन प्रकारका रङहरूमा उपलब्ध छ। यो ८+२५६ जिबीमा मात्र उपलब्ध छ र यसको मूल्य १ लाख ३९ हजार ९९९ रुपैयाँ तोकिएको छ। 

ग्यालेक्सी जेड फोल्ड५

वाइड स्क्रीन र धेरै समय चल्ने ब्याट्री सहितको सबैभन्दा पातलोर हल्का फोल्ड गर्न मिल्ने ग्यालेक्सी जेड फोल्ड५ जहाँ पनि लैजान सजिलो छ। 

साथै ग्यालेक्सी जेड सिरिजमा यसले सबैभन्दा शक्तिशाली पर्फरमेन्स प्रदान गर्ने कम्पनीले बताएको छ। 

यो फोन कालो र निलो गरी २ प्रकारका रङहरूमा पाइनुका साथै १२ जिबी मेमोरी सहितका २५६ जिबी र ५१२ जिबि स्टोरेजमा उपलब्ध छन्। 

ग्यालेक्सी जेड फोल्ड५ १२+२५६ जिबीको मूल्य २ लाख २६ हजार ९९९ रुपैयाँ र ग्यालेक्सी जेड फोल्ड५ १२+५१२ जिबीको मूल्य २ लाख ३९ हजार ९९९ रुपैयाँ कायम गरिएको छ। यी मोडलहरुको प्रि-अर्डर गत साउन २२ गतेदेखि नै सुरू भइसकेको छ। 

साथै हरेक फोल्डेबल डिभाइसको प्रि–अर्डरमा ग्राहकहरूले २५ हजार रुपैयाँसम्मको फाइदा हुने केही आकर्षक उपहारहरू पनि रोज्न सक्नेछन्। 

ग्राहकहरूले सामसङ इन्स्टा फाइनान्स प्रयोग गरी शून्य प्रतिशत ब्याजमा प्रति महिना ७ हजार सम्मको न्यूनतम ईएमआई तिरेर फोन किन्न सक्नेछन्। सामसङ इन्स्टा फाइनान्स २२ वटा सामसङ एक्स्पेरियस् स्टोरको साथै देश भरिका २०० भन्दा बढी पसलहरुमा उपलब्ध छ। 

यसैगरी आफ्नो फोन अपग्रेड गर्न चाहना हुने ग्राहकहरूको लागि एक्सचेन्ज सुविधा पनि उपलब्ध गराइएको छ। सामसङले आफ्ना ग्राहकहरूका लागि एक पटकको ब्रेकेज इनसुरेंस र प्रोटेक्टिभ फिल्म रिप्लेस्मेन्ट पनि एक वर्षका लागि उपलब्ध गराएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.