सभामुखप्रति रवि लामिछाने आक्रामक, संसद 'हाइज्याक' भएको आरोप

सभामुखप्रति रवि लामिछाने आक्रामक, संसद 'हाइज्याक' भएको आरोप
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभावति रवि लामिछाने सभामुख देवराज घिमिरेप्रति आक्रामक भएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा रास्वपालाई बोल्न नदिएको भन्दै उनले सभामुख घिमिरेप्रति आक्रोश पोखेका हुन्। 

उनले सदनलाई कब्जा गर्न खोजेको आरोपसमेत लगाए। 'सदनलाई कब्जा गर्न खोजिएको हो भने अर्कै कुरा। नत्र लोकतान्त्रिक प्रक्रियामा विश्वास गर्ने, संसदीय मूल्य मान्यतामा अडिग भएर आएको हाम्रोजस्तो नयाँ राजनीतिक दलको लागि यो अत्यन्त दुःखद विषय हो,' उनले भने।

उनले पूर्वयोजनाअनुसार संसद चलेको प्रत्याभूति भएको बताए। 'हामीले हाम्रा कुराहरू राख्नुपर्ने थियो। यसअघि हामीले शान्त ढंगले विरोध गर्दै आएका थियौं। प्रक्रियामा सदन चल्न दिउँ भन्यौं। हामीले लिखितरूपमा पनि भन्यौं। सदन नचलेको दिन तलब भत्ता पनि नलिऔं भन्यौं। तर यसलाई कमजोरीको रूपमा लिइयो,' उनले भने।

उनले सभामुखबाट आफूहरूले यस्तो अपेक्षा नगरेको बताए। 'संसदको गैरजिम्मेवारले यो प्रणालीप्रतिको जनविश्वास डगमगाउने अवस्था छ। लोकतन्त्रमा विधि र पद्धतिप्रति कुठाघरात गर्न थालियो भने चरम निरासाको अवस्था सिर्जना हुन्छ,' उनले भने।

उनले संसदमा पूर्वयोजनअनुरुप चलेको गन्ध आएको बताए। 'यसरी मिलीजुली संसदलाई बन्दी बनाएजस्तो बोल्न चाहेका मान्छेलाई बोल्न दिने, आफूले सुन्न चाहेका मान्छेको कुरा सुनिसकेपछि अब बन्द गर भनेजस्तै कोठामा योजना बनाएको जस्तो संसदमा देखियो। त यसो गर्नू, म यसो गर्छु, यसो यसो गरेर यसौं गरौं भन्ने गन्ध आयो,' उनले भने।

उनले सभाखुम र संसद सचिवालय मिलेर संसदको हाइज्याक गरेको बताए। 'प्रमुख प्रतिपक्षी दलपछि अर्को अर्को दलले बोल्थ्यो होला। हामी पनि बोल्थेम होला। खैर बीचमा सत्तापक्षले बोल्यो। त्यसपछि प्रतिपक्षीतिर आइसकेपछि हामीले बोल्न पाउनुपर्थ्यो। तर संसदलाई 'हाइज्याक' गरियो। सम्मानित कुर्सीमा बसिसकेपछि दलको बन्न पाइँदैन,' उनले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.