राजमार्गको काममा ढिलाइ भएको भन्दै सरकारी गाडी रोकेर विरोध

राजमार्गको काममा ढिलाइ भएको भन्दै सरकारी गाडी रोकेर विरोध
सुन्नुहोस्

विराटनगर : हुलाकी राजमार्गको काममा ढिलाइ भएको भन्दै गठन गरिएको संघर्ष समितिले विराटनगरमा सरकारी गाडी रोकेर विरोध गरेको छ। 

९ दिनदेखि जिल्ला प्रशासन कार्यालयमा धर्ना दिँदै आएको उक्त समितिले मोरङको कटहरी स्थित हुलाकी राजमार्गमा आवतजावत गर्ने सरकारी गाडी रोक्न थालेका हुन्। 

संघर्ष समितिका संयोजक मृतुञ्जय झाका अनुसार दुई दिनदेखि कटहरीस्थित हुलाकी राजमार्गमा बिहान ९ बजे देखि ११ बजे सम्म सरकारी नम्बर प्लेटका गाडी र मोटरसाइकललाई रोक्ने गरेको छ। 

मोरङको कटहरी खण्डमा लामो समयदेखि निर्माणको काम रोकिएको भन्दै स्थानीयले यसअघि पनि पटक पटक दवावमुलक आन्दोलन गर्दै आएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.