सुनचाँदी व्यवसायको व्यवस्थापन गर्न विधेयकको मस्यौदा बनाउँदै

सुनचाँदी व्यवसायको व्यवस्थापन गर्न विधेयकको मस्यौदा बनाउँदै

काठमाडौं : सुनचाँदी व्यवसायमा आबद्ध व्यवसायीहरू सुनचाँदी व्यवसायको व्यवस्थापन गर्ने विधेयकको मस्यौदा बनाउन जुटेका छन्। 

व्यवसाय सञ्चालन गर्ने प्रष्ट ऐनको अभावमा लामो समयदेखि रुमलिँदै आएका व्यवसायीहरूले विभिन्न सरकारी निकायसँगको समन्वय र सहकार्यमा यो तयारी सुरु गरेका हुन्। 

विधेयकको प्रारम्भिक मस्यौदाका बारेमा नेपाल सुनचाँदी व्यवसायी महासंघले हालै आयोजना गरेको छलफलका क्रममा उपस्थित सांसद तथा कानून व्यवसायी एवं व्यवसायीहरूले प्रष्ट ऐन बनाएर व्यवसाय गर्दा राज्य, व्यवसायी र उपभोक्ता सबैलाई फाइदा पुग्ने बताए। 

त्यसक्रममा प्रतिनिधिसभाका सदस्य रणेन्द्र बराइलीले कुनै पनि पेशा व्यवसाय गर्न प्रष्ट ऐनको आवश्यकता पर्ने भएकाले सुनचाँदी तथा हिरा, जवाहरात जस्ता बहुमुल्यवस्तुको कारोबारका लागि पनि ऐन अपरिहार्य हुने बताए। 

यसका लागि सरकार, व्यवसायी र उपभोक्ता सबैलाई फाइदा पुग्ने गरी ऐन बनाइनुपर्ने उनको तर्क छ। छलफलमा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले व्यवसाय सञ्चालन सम्बन्धी ऐनको अभावमा धेरै किसिमका समस्या आएको उल्लेख गर्दै सरोकारवाला सबै पक्षलाई फाइदा पुग्ने गरी ऐन ल्याउन आवश्यक भएको बताए। त्यसका लागि सहयोग गर्न व्यवसायीहरू तयार रहेको उनको भनाइ छ। 

छलफलका क्रममा सहभागी विभिन्न क्षेत्रका व्यक्तिहरूले सुनचाँदी व्यवसायको व्यवस्थापन गर्ने विधेयक र त्यसमा समेटिनुपर्ने विषयवस्तुका बारेमा आआफ्नो तर्फबाट धारणा राखेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.