मुगुमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

मुगुमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु
सुन्नुहोस्

वीरेन्द्रनगर : मुगुको सोरु गाउँपालिकामा जीप दुर्घटना भएको छ। दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते छन्। 

सोरुकोटदेखि गमगढीतर्फ जाँदै गरेको ग१ज ७७६२ नम्बरको जीप सोमबार अपराह्न सिपपहिरो नजिकै सडकबाट तल खसेको प्रहरीले जनाएको छ। जीपमा सवार ९ जना यात्रुमध्ये २ जनाको घटनास्थलै मृत्यु भएको र २ जनाको सिप हेल्थपोष्टमा उपचारका क्रममा मृत्यु भएको तारापानी प्रहरी चौकी इन्चार्ज रमानन्द उपाध्यायले बताए।

दुर्घटनामा ५ जना घाइते छन्। मृतकको नाम भने खुल्न सकेको छैन। जीप दुर्घटनामा घाइते हुनेमा सोरु गाउँपालिका-५ नेर गाउँका लोकजन नेपाली, गोबिन्द शाही वडा नं-२ का दिनेश लावड छन्। अरु २ जना घाइतेको पहिचान नभएको तारापानी प्रहरी चौकीले जनाएको छ।

तारापानी प्रहरी चौकी र स्थानीयले घाइतेको उद्धार गरेका छन्। जीप दुर्घटनामा घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल ठिनी लैजान जिल्ला प्रहरी कार्यालयले २ वटा एम्बुलेन्स घटनास्थलमा पठाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.