एमालेले तोक्यो सातै प्रदेशको अधिवेशन, युवाको प्रतिनिधित्व सुनिश्चित

एमालेले तोक्यो सातै प्रदेशको अधिवेशन, युवाको प्रतिनिधित्व सुनिश्चित
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेले प्रदेश अधिवेशनमार्फत संगठनलाई चलायमान बनाउने भएको छ। मिसन ग्रासरुढलगायत संगठन विस्तारका लागि विभिन्न चरणान अभियान चलाएको एमालेले संगठन चलायमान र नयाँलाई जिम्मेवारी दिन अधिवेशन गर्न लागेको हो। 

प्रदेश कमिटीको सिफारिसको आधारमा पार्टी मुख्यालयमा बसेको एमालेको सचिवालय बैठकले सातवटै प्रदेश कमिटीको अधिवेशन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। उनका अनुसार अधिवेशनमा युवा प्रतिनिधित्वको सुनिश्चित गरेको छ।

उपमहासचिव ज्ञवालीका अनुसार लुम्बिनी प्रदेशको भदौ १६ र १७ गते, मधेश प्रदेशको असोज ५ र ६ गते, बागमती प्रदेशको असोज ८ र ९ गते, कर्णाली प्रदेशको असोज १० र ११ गते, कोशी प्रदेशको असोज १२ र १३ गते, गण्डकी प्रदेशको असोज १५ र १६ गते, उपत्यका विशेष प्रदेशको असोज १९ र २० गते र सुदूरपश्चिम प्रदेश असोज २१ र २२ गते अधिवेशन गर्ने मिति तय गरेको हो।

एमालेको विधानमा प्रदेश कमिटीसहितको कार्यकाल ४ वर्षको हुने व्यवस्था भएपनि त्यसअघि नै अधिवेशन गर्न लागेको हो। यसअघि २०७८ माघ ८ गते एकै दिन सातै प्रदेशमा अधिवेशन गरेको थियो । 

सचिवालय बैठकले अधिवेशनमा प्रतिनिधि चयन स्थानीय तहबाट हुने र युवा सहभागिताको सुनिश्चितता गर्नुपर्ने निर्णय गरेको ज्ञवालीले बताए। कमिटीमा प्रदेशमा १० प्रतिशत, जिल्लामा १५ प्रतिशत, पालिकामा २० प्रतिशत र वडा र टोलमा एकतिहाई युवा प्रतिनिधित्व अनिवार्य गराउनुपर्ने उनले बताए। उनले युवाको सहभागिता तलबाटै विस्तार गर्न लागिएको बताए।

एमालेले एक वर्षभित्रै जिल्ला र पालिका तहको अधिवेशन गर्ने तयारी गरेको छ। आगामी माघमा स्थानीय तह र चैतमा जिल्ला कमिटीको अधिवेशन गर्ने तयारी एमालेले गरिरहेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.