कालिगण्डकी कटानले जोमसोमको सडकमा धजा पर्यो, मुक्तिनाथसँग सिधा यातायात बन्द
मुस्ताङको घरपझोङ गाउँपालिका—४ को सरकारी कार्यालय जाने झोलुङगे पुलदेखि मुस्ताङ अस्पतालसम्मको सडकमा कालिगण्डकी कटानले सडकको तल्लो खार्दै गएपछि सडक अवरुद्ध भएको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए ।
जोमसोम : कालिगण्डकी कटानका कारण मुस्ताङको जोमसोम बजार क्षेत्रको करिव ५० मिटर सडक चर्किएर धजा परेको छ । सडक र्चिर्कएर धजा परेसँगै मुक्तिनाथसँग सिधा सडक अवरुद्ध भएको जनाइएको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिका—४ को सरकारी कार्यालय जाने झोलुङगे पुलदेखि मुस्ताङ अस्पतालसम्मको सडकमा कालिगण्डकी कटानले सडकको तल्लो खार्दै गएपछि सडक अवरुद्ध भएको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए । कालिगण्डकी कटानले करिव ११ मिटर चौडा सडकको करिव ८ मिटर चौडा सडक धजा परेर चर्किएको अध्यक्ष लालचनको भनाई छ ।
जमिन चर्किएर सडक धजा परेपछि मुक्तिनाथ जाने यात्रुले अर्को सवारी साधन परिवर्तन गर्नपर्ने उनले बताए । मोटरसाइकल भने क्रस गर्न सक्ने अध्यक्ष लालचनले उल्लेख गरे । सडक धजा परेको स्थानमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले कालिगण्डकीको सतहमा ग्याविन वाल लगाएर सडक सञ्चालन गर्न खटिएको अध्यक्ष लालचनले जनाए । उनले अस्पताल क्षेत्रको ढलको निकासमा समस्या र कालिगण्डकी कटानले सडम र्चिर्कएर धजा परेको उल्लेख गरे ।
यसैगरी घरपझोङ—१ छैरो तिब्बतीयन क्याम्प जाने सडक पनि कालिगण्डकीले भासिएको जनाइएको छ ।