उयदपुरमा डेंगु भयाभह बन्दै, जाँच गर्न अस्पतालमा 'किट ' छैन

उयदपुरमा डेंगु भयाभह बन्दै, जाँच गर्न अस्पतालमा 'किट ' छैन
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

उदयपुर : उदयपुरमा डेंगुका बिरामी बढ्न थालेका छन् । महामारीकै रुपमा फैलिएको डेंगुबाट २६६ जना संक्रमित भएका छन् ।  डेंगुबाट कटारी नगरपालिकाका २९ वर्षीय एक पुरुषको साउन १० गते ज्यान गएको छ । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी उमेश लुइँटेलका अनुसार जिल्लाका चारवटा नगरपालिकामा ८४५ जनामा गरिएको परीक्षणबाट २६६ जनामा पुष्टि भएको हो ।

लामखुट्टेको टोकाइबाट हुने डेंगु संक्रमणले बिरामीको संख्या दिनानुदिन बढ्दै गएको उनले बताए । लुइँटेलका अनुसार सबैभन्दा बढी त्रियुगा नगरपालिकामा ५२६ जनामा परीक्षण गरिएकोमा १५६ जनामा संक्रमण पुष्टि भएको हो।

त्यसैगरी बेलका नगरपालिकामा १४३ जनामा परीक्षण गरिएकोमा ४८ जनामा देखा परेको छ । चौदण्डिगढी नगरपालिकामा १३१ जनामा ४५ जना र कटारीमा ४५ जनामा १७ जनामा संक्रमण पुष्टि भएको उनले बताए । संक्रमितमध्ये सबैभन्दा बढी महिला ६१ र पुरुष ४८ जना रहेका छन् । 

उमेरगत हिसाबले १५ देखि ४९ वर्षका ६५ जना, १५ वर्ष उमेर समूहका ३४ जना र ५० वर्षमाथिका २३ जना रहेको कार्यालयले जनाएको  छ । यसबाहेक नीजि अस्पतालमा उपचार गराएका बिरामीको तथ्यांक यसमा समावेश छैन् ।

नीजि अस्पतालमा पनि उस्तै बिरामीको चाप बढेको उनले बताए । जिल्ला अस्पतालमा उपचार गर्न जाने दैनिक एक हजार हाराहारी बिरामीमध्ये ६० प्रतिशतभन्दा बढी ज्वरोकै आउने गरको अस्पतालका प्रमखु मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. ज्ञानेन्द्र झाले बताए । उनका अनुसार धेरैजसो बिरामी भाइइरल ज्वरोकै हुने गरेको र ज्वरो आउनेमध्ये केही प्रतिशत डेंगुका बिरामी हुने गरेको पाइएको छ । 

किट अभाव 

जिल्लामा डेगुं र भाइरल ज्वरोका बिरामी दिनहु बढ्दै जाँदा सरकारले भने खासै चासो दिएको देखिन्न । डेंगुका बिरामी बढ्दै गर्दा चेकजाँचका लागि चाहिने आवश्यक किट सरकारले पठाउन सकेको छैन् । सरकारले किट नपठाएपछि अस्पताल विकास समितिले खरिद गरेर ल्याएको किट न्युनतम शुल्क लिएर परीक्षण गर्ने गरेको मेसु झाले बताए । 

उक्त किट प्रदेश सरकारले बढीमा ६ सयसम्म लिन सक्ने व्यवस्था गरेपनि अस्पतालमा चार सय रुपैँया लिएर परीक्षण गर्ने गरेको उनले सुनाए । मेसु झाका अनुसार पद्रेशबाट पर्याप्त मात्रामा किट नआउँदा डेंगु बिरामी पत्ता लगाउन गाह्रो भइरहेको छ । 

अत्याधिक ज्वरोका कारण डेंगुको परीक्षण गर्नेको संख्या दैनिक बढ्ने गरेको उनले बताए । केहीदिनअघि ल्याइएको १ सय ५० थान किट ३/४ दिनअघि नै सकिएपछि थप किटको माग गरेर पनि नआएको उनले बताए । 

उता स्वास्थ्य कार्यालयले सबै स्थानीय तहलाई सचेत भएर रोकथामका लागि योजना बनाउन आग्रह गरेको छ । डेंगुको मुख्य स्रोत लामखुट्टे भएकाले लामखुट्टेबाट बच्न सरसफाइमा ध्यान दिन आगह्र गरको छ । पानी जम्न नदिने,जामको पानी फालिहाल्ने,झुल टांगेर सुत्ने, बाहुला भएको लुगा लगाउन आग्रह गरिएको छ।

त्यस्तै स्थानीय तहहरूले लामखुटटे मार्ने विषादी छर्न (स्प्रे उपकरण) को प्रयोग गर्न पनि सुझाएको छ । जसअनुसार चौदण्डिगढी नगरपालिका, त्रियुगा नगरपालिकाले केही दिनयता डेंगु नियन्त्रणका लागि लामखुट्टे मार्ने उपकरणको प्रयोग गर्दै गाईघाट बजारलगायत विभिन्न वडा पुगेर औषधि छर्ने काम गरिरहको जनाएको छ । 

अन्य स्थानीय तहले पनि लामखुट्टे मार्ने उपाय अपनाइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.