सिन्धुपाल्चोकका ३० जना बालबालिकालाई सहयोग
सिन्धुपाल्चोक : सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले ३० जना बालबालिकालाई सहयोग गरेको छ। संघका अध्यक्ष होमबहादुर बस्नेत(राजकुमार)ले ३० जना बालबालिकालाई ट्रयाक सुट, टी सर्ट र खाजा वितरण गरे।
बाह्रबिसे नगरपालिका-८ मा रहेको सिन्धु बहिरा आधारभूत विद्यालयका फरक क्षमता भएका ३० जना बालबालिकालाई संघले सहयोग गरेको उनले बताए।
विद्यालयको प्रधानाध्यापक मैना कार्कीले संघले गरेको सहयोगले बालबालिकाको पढाइमा थप सहयोग पुग्ने बताइन्। सो अवसरमा संघका अध्यक्ष बस्नेतले विद्यालय व्यवस्थापनका लागि ५१ हजार रुपैयाँ सहयोगसमेत गरे।