अन्ततः मनमोहन अस्पतालको लफडा ३५ लाखमा मिल्यो

अन्ततः मनमोहन अस्पतालको लफडा ३५ लाखमा मिल्यो
सुन्नुहोस्

झापा : अन्ततः झापास्थित मनमोहन मेमोरियल सामुदायिक अस्पताल बिर्तामोडको लफडा ३५ लाख क्षतिपूर्ति दिने सहमतिपछि मिलेको छ। 

मनमोहन अस्पतालमै कार्यरत महिला कर्मचारीले सुत्केरी गराउँदा चिकित्सकले उपचारमा लापरबाही गरेको भन्दै विवाद उत्पन्न भएको थियो। सोमबार साँझदेखि उत्पन्न भएको विवाद मंगलबार दिउँसो आएर साम्य बनेको हो। 
 

अस्पताल प्रशासन, पीडित पक्ष, जनप्रतिनिधि, प्रहरीबीच भएको सहमतिअनुसार पीडित परिवारलाई २० लाख रुपैयाँ राहतस्वरुप दिने र शिशुको शिक्षा तथा स्वास्थ्यको लागि १५ लाख रुपैयाँ बैङ्कमा जम्मा गर्ने, अन्यत्र उपचारका क्रममा लागेको सम्पूर्ण खर्च मनमोहन अस्पतालले व्यहोर्नेलगायतका सहमति भएको बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले जानकारी दिए।

प्रसूति गराउन आएकी बिर्तामोड नगरपालिका-१ की २७ वर्षीया सिर्जना सङ्ग्रौलाको उपचारका क्रममा भएको लापरबाहीका कारण स्वास्थ्य अवस्था गम्भीर भएको भन्दै उनका परिवार र आफन्तजन आन्दोलित बनेका थिए। अस्पतालका डाक्टर एकराज गौतमले शल्यक्रिया गरी बच्चा जन्मिसकेपछि सुत्केरीको अवस्था गम्भीर बनेको आरोप लगाएका थिए। सुत्केरीको अवस्था गम्भीर बनेपछि थप उपचार लागि अर्को अस्पताल बिर्ता सिटी लगिएको थियो। बिर्ता सिटी अस्पतालमा उपचार हुँदै गर्दा सङ्ग्रौलाको अवस्था गम्भीर भएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्। 

बच्चाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। उपचार गर्दा सुत्केरीको अवस्था गम्भीर भएपछि विभिन्न माग राख्दै पीडित पक्षले हिजै साँझदेखि आन्दोलनमा उत्रिएका थिए। अस्पतालमा विवाद बढ्दै गएर ठुलो भौतिक क्षति हुनसक्ने सम्भावनाका कारण प्रशासनले अस्पताल परिसरमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरेको थियो। मंगलबार पनि अस्पताल परिसरमा प्रहरीले तैनाथ गरिएको थियो। 

सहमतिपछि अस्पताल प्रशासनले आजै १० लाखको चेक पीडित परिवारलाई दिएको छ। बाँकी रकम असोज महिनाभित्र दुई किस्तामा दिने बताइएको छ। 
गएराति पनि २० लाख क्षतिपूर्ति दिने र शिशुको शिक्षा, स्वास्थ्यको जिम्मा अस्पतालले लिने सहमति भएको थियो। त्यो सहमतिको पत्र बाहिरिएको थियो। तर, पीडित परिवारले त्यसलाई बिहानसम्म स्वीकारेन। दिउँसोको छलफलपछि त्यही सहमतिलाई केही परिमार्जन गरी उनीहरूले स्विकारको अवस्था छ। 
 
हिजो नै सुत्केरी सिर्जनाको मृत्यु भएको भनी आफन्तले मिडियाको अगाडि बोलेका थिए। त्यो भिडियो क्लिप नै सामाजिक सञ्जालबाट बाहिरिएको थियो। आज सिर्जनाको मृत्यु नभई भेन्टिलेटरमा उपचार भइरहेको बताउँदै घरपरिवारले क्षतिपूर्ति बापतको रकम बुझेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.