झापामा २ लाख ९३ हजारको मदिरा बरामद

झापामा २ लाख ९३ हजारको मदिरा बरामद
सुन्नुहोस्

झापा: झापाका सीमावर्ती नाकाबाट भारतको बिहार लैजाने मदिरा तस्करी अझै रोकिएको छैन। सशस्त्र प्रहरीले भारत लगिरहेको ठूलो परिमाण मदिरा झापा गाउँपालिकाबाट बरामद गरेसँगै सीमावर्ती नाकाबाट मदिरा तस्करीको घटना मौलाएको हो। 

सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट टाघनडुब्बाबाट प्रहरी निरीक्षक दीपेन्द्रमणि राईको कमान्डमा खटिएको टोलीले झापा-२ स्थित कुवाडी सडकबारी सडक खण्डबाट एक गाडी मदिरा बरामद गरेको हो। 

सोमबार दिउँसो अन्दाजी ४ बजेको समयमा बा २१ च ५०६० नम्बरको इशुजु पिकअपमा पछाडि लुकाइछिपाई लगिरहेको अन्दाजी २ लाख ९३ हजार मूल्य बराबरको मादक पदार्थ गोरखा बियर, टुबोर्ग, ८८४८ रक्सी लगायत नाम गरेका मादक पदार्थ बरामद गरेको जनाइएको छ। 

सशस्त्रले मदिराको बिलबिजक माग्दा चालकले देखाउन नसकेको जनाइएको छ। भीसीटीएस र भ्याट बिल समेत नभएको अवस्थामा बरामद गरिएको मदिरा र गाडीसहित १७ लाख ९३ हजार मूल्यांकन गरी आन्तरिक राजश्व कार्यालय भद्रपुर बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। 

यसअघि पनि सशस्त्रले साउन १८ गते झापा १ लसुनाबाट प्र १-०१-००१-७५०२ नम्बरको मारुती सुजुकीसहित मादक पदार्थ बरामद गरी आन्तरिक राजस्व कार्यालय भद्रपुरमा बुझाएको थियो। 

भारतको बिहार राज्यमा मदिरा पूर्ण रूपमा प्रतिबन्ध छ। त्यसैले झापाका नाकाबाट मदिराजन्य पदार्थ चोरी तस्करीको माध्यमबाट विहार लगिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.