महिला विश्वकप फुटबल : स्पेन उपाधि नजिक

महिला विश्वकप फुटबल : स्पेन उपाधि नजिक
सुन्नुहोस्

अकल्यान्ड : स्पेन फिफा महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा मंगलबार भएको खेलमा उपाधि दावेदार स्वीडेनलाई २–१ गोलले पराजित गर्दै स्पेनले पहिलो पटक फाइनलमा स्थान बनाएको हो। स्पेनलाई पहिलो पटक फाइनलमा पुर्‍याउन साल्मा पारलुएलो र कप्तान ओल्गा कारमोनाले एक÷एक गोल गरेका थिए। स्वीडेनकी रेबिका ब्लोमक्लिटले सान्त्वना गोल गरेकी थिइन्।

पहिलो हाफ बराबरी भएको खेलको अन्तिम नौ मिनेटमा तीन गोल हुँदा स्पेनले बाजी मारेको हो। निकै रोमाञ्चक र नाटकीय खेलको ८१औं मिनेटमा साल्मा पारलुएलोले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएकी थिइन्। ८८औं मिनेटमा रेबिका ब्लोमक्लिटले गोल गर्दै स्वीडेनलाई खेलमा फर्काएकी थिइन्। बराबरीतर्फ उन्मुख खेलको ९०औं मिनेटमा कप्तान ओल्गाले गोल गर्दै स्पेनलाई पहिलो पटक विश्वकपको फाइनलमा पुर्‍याइन्। सुरुवाती ६ संस्करणमा छनोट हुन नसकेको स्पेन सातौं संस्करणमा समूह चरणबाटै घर फर्किएको थियो। 

गत संस्करणमा अन्तिम १६ बाटै बाहिरिएको स्पेनले यस पटक उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा स्थान बनाएको हो। समूह चरणको खेलमा एसियाली प्रतिद्वन्द्वी जापानसँग ४–० को पराजय बेहोरेको स्पेनले त्यसपछि उत्कृष्ट खेल पस्किँदै आएको छ। अन्तिम १६ मा स्विट्जल्यान्डलाई १–० गोलले पराजित गरेको स्पेनले क्वार्टरफाइनलमा नेदरल्यान्ड्सलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो। स्पेनले उपाधिका लागि इङ्ल्यान्ड र आयोजक अस्ट्रेलियाबीचको विजेतासँग खेल्नेछ। फाइन्ल प्रवेशका लागि इङ्ल्यान्ड र अस्ट्रेलियाले बुधबार प्रतिस्पर्धा गर्ने छन्।

महिला विश्वकपको सबै संस्करणमा सहभागिता जनाएको स्वीडेन यसपटक पनि सेमिफाइनलभन्दा अघि बढ्न सकेन। स्वीडेन गत संस्करणसँगै सन् २०११ र १९९१ मा सेमिफाइनलबाट बाहिरिएको थियो। स्वीडेन तीनै पटक तेस्रो भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.