सभापति चयन नगरेको भन्दै एमालेले गर्‍यो लेखा समितिको बैठक बहिष्कार

सभापति चयन नगरेको भन्दै एमालेले गर्‍यो लेखा समितिको बैठक बहिष्कार
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेले प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समिति बैठक बहिष्कार गरेको छ । समितिको सभापति चयनको प्रक्रिया अघि नबढेको भन्दै एमालेका सांसदहरूले बिहीबार समितिको बैठक बरिष्कार गरेका हुन् ।

 यसअघिको बैठकमा एमालेका सांसदले सभापति चयन नभएसम्म बैठकमा उपस्थित नहुने जानकारी गराएका थिए । एमालेका सांसदहरुले बैठक बहिष्कार गरेपछि कोरम नपुगेर बैठक स्थगित भएको छ । बैठक स्थगित भएपछि समितिको अध्यक्षता गर्दै आएका ज्येष्ठ सदस्य कांग्रेस सांसद अर्जुननरसिंह केसीले विभिन्न कारण देखाई समितिलाई बन्धक बनाउने कुरा लोकतन्त्रको मूल्यमान्यता विपरित भएको बताए । उनले यस विषयमा सभामुखले पहलकदमी भूमिका प्रस्तुत गर्नुपर्ने जिकिर गरे। केसीले तीन दलसँग मात्रै नभइ संसदमा भएका दलहरूसँग सभामुखले छलफल गर्नुपर्ने बताए।

त्यस्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले समितिको नेतृत्व चयन र सदन अवरुद्ध गर्दा पनि सभामुखले आफूहरुसँग छलफल नगरेको गुनासो गरे।

यता एमाले सांसद अच्युत प्रसाद मैनालीले संसदीय समितिलाई प्रभावकारी रुपमा अघि बढाउनका लागि सभापति चयन गर्नुपर्ने बताए। उनले समितिमा महत्वपूर्ण छलफल गर्नुपर्ने र यसका लागि नेतृत्व निर्माण गर्नुपर्नेमा एमालेले पटक पटक जोड रहेपनि ढिलो हुँदै गएकाले समिति बहिष्कार गर्नुपरेको जिकिर गरे।

मैनालीले समितिको नेतृत्व चयन नभएसम्म एमाले लेखा समितिमा सहभागी नहुने पूर्ववत अडान यथावत नै रहेको बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.