स्याङ्जाको पुतलीबजारका २८ जनालाई छात्रवृत्ति
स्याङ्जा : जिल्लाको पुतलीबजार नगरपालिकाले एसईई उत्तीर्ण गरेका २८ जनालाई प्राविधिक शिक्षा पढ्नका लागि ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने भएको छ।
नगरपालिकाले प्राविधिक शिक्षामा जोड दिनका लागि छात्रवृत्ति उपलब्ध गराउन लागेको हो।
नगरपालिकाका १४ वटा वडाबाट दुई/दुई जना छनौट गरिने नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिए। गरिब तथा जेहेन्दार विद्यार्थी पहिलो प्राथमिकतामा पर्ने उनले बताए।
विद्यार्थी पहिचानका लागि वडाबाट सिफारिस गर्नुपर्छ।