प्रहरी निरीक्षकको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै जनप्रतिनिधिले बुझाए ज्ञापनपत्र

प्रहरी निरीक्षकको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै जनप्रतिनिधिले बुझाए ज्ञापनपत्र
सुन्नुहोस्

कपिलवस्तु : प्रहरी निरीक्षकको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै जनप्रतिनिधिले ज्ञापनपत्र बुझाएका छन्। 

इलाका प्रहरी कार्यालय पकडीका इन्चार्ज एवं प्रहरी निरीक्षक शिव कुमार क्षेत्रीको कार्यशैलीको विरोध गर्दै कपिलवस्तु क्षेत्र नम्बर १ का जनप्रतिनिधिले प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाएका हुन्। 

लुम्बिनी प्रदेश सभाका सदस्य मधुसुदन शरण चौधरी, मायादेवी गाउँपालिकाका अध्यक्ष वलीउद्दिन मुसलमान, कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल, कपिलवस्तु नगरपालिकाका राजनीतिक सल्लाहकार अब्दुल रसिद खां, मायादेवी गाउँपालिकाका ८ वटै वडाका वडाध्यक्ष लगायतको जनप्रतिनिधिको टोली ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन कार्यालय पुगेका थिए। 

ज्ञापनपत्रमा प्रहरी निरीक्षक शिव कुमार क्षेत्री सो क्षेत्रका सर्वसाधारणहरूमा चेक जाँचका नाममा स्थानीयलाई दुःख दिने, दुधे बालकदेखि १ वर्षका बच्चा बोकेका महिलाहरूप्रति अभद्र व्यवहार गर्ने, स्थानीय जन प्रतिनिधिसँग अमर्यादित ढंगबाट प्रस्तुत हुने गरेको आरोप लगाइएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.