प्रदीप गिरिको स्मृतिमा ‘काठमाडौंदेखि काशी यात्रा’

प्रदीप गिरिको स्मृतिमा ‘काठमाडौंदेखि काशी यात्रा’
सुन्नुहोस्

काठमाडौं : समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका वैचारिक नेता प्रदीप गिरिको पहिलो स्मृति दिवस लोक एवं लोकतन्त्र सेतु गाथा काठमाडौंदेखि-काशीसम्म कार्यक्रमको आयोजना हुँदैछ।

गिरिका अनुयायीहरूले पहिलो वार्षिकीको अवसर पारेर ‘प्रदीप गिरिको पावन स्मृतिमा लोक एवं लोकतन्त्र सेतु गाथा काठमाडौंदेखि काशीसम्म’ कार्यक्रम आयोजना गर्न लागेको अनुयायीमध्येका एक कञ्चन झाले बिहीबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिए। 

चार दिवसीय कार्यक्रमअन्तर्गत भदौ २ गते विहान काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरबाट बिहान ८ बजे यात्राको सुरुवात हुने छ। कार्यक्रमको उद्घाटन र काशी जाने यात्रुलाई नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालगायत कांग्रेसलगायत गिरिका अन्य अनुयायीहरू सहभागी हुनेछन्।  

झाका अनुसार उद्‍घाटनपश्चात् विहान १० बजे कान्तिपथ हुँदै वीरगञ्जका लागि जाने कार्यक्रम छ। ४ बजे हेटौंडामा गिरिबारे चर्चा गर्दै वीरगञ्ज जाने कार्यक्रम छ। भोलिपल्ट आइतबार वीरगञ्जको तिलवा नदीमा केही अस्तु बिसर्जन तथा विरुवा रोप्ने कार्यक्रम छ। त्यसपछि दिउँसो गिरि र मधेसको सम्बन्धबारे वैचारिक चर्चा गर्ने कार्यक्रम छ। सोही दिन दिउँसो १ बजे काशीयात्रा सुरु हुने र साँझ बनारस पुग्ने कार्यक्रम छ। 

सोमबार विहानै विधिअनुसार गंगा नदीमा गिरिको अस्तु बिर्सजन गर्ने कार्यक्रम छ। त्यसपछि गिरिका यादगार ठाउँको अवलोकन तथा व्यक्तिसँग भेटघाट कार्यक्रम छ। सोही साँझ बनारस विश्वविद्यालयमा प्रदीप गिरिको स्मृतिमा कार्यक्रम गरिने र मंगलबार काठमाडौं फकिर्ने कार्यक्रम छ। 
 
'एक राजनेताका रूपमा प्रदीप गिरिको प्रभाव त निशन्देह छ नै, तर वहाँको विरासत राजनीतिभन्दा परसम्म फैलिएको छ। हाम्रो समाज, संस्कृति, साहित्य, इतिहास समृद्ध बनाउन उहाँको दखल र देन उच्चकोटीको छ। अव्यवस्थित तर आनन्ददायी जीवन जीउने व्यक्तिका रूपमा परिचित गिरि आफ्नो चिन्तनमा भने उल्लेखनीयरूपमा संगठित र विचारशील हुनुहुन्थ्यो। हाम्रो सामाजिक-राजनीतिक जीवनमा सिर्जनशिलता बढाउन उहाँको विचार र दर्शनले निकै अर्थ राख्छ,' जारी विज्ञप्तिमा भनिएको छ।

प्रदीप गिरि नेपाल-भारत मैत्रीका एक प्रमुख स्तम्भसमेत भएकाले उनलाई अलग राख्दा भारतीय लोकतान्त्रिक आन्दोलनको इतिहास पनि पूर्ण नहुने झाले बताए।  गिरिका भाइ शेखर गिरिले प्रदीप गिरि किताबमा खोजेर नपाउने व्यक्तित्व भएको बताए। उनले भने, ‘उहाँ एक्लो बृहस्पति हो। ज्योति हो। उहाँले ननिभ्ने ज्योति छरेर जानु भएको छ।’ ‘जे बोल्ने त्यही गर्ने व्यक्ति भएकाले हिम नदीलाई नामसँग मतलब हुँदैन त्यो सप्तकोशीसँग मिल्न सक्छ। त्यसपछि गंगामा गएर मिल्छ,' उनले भने, 'दाजुका भारतीय मित्रगण र शुभेच्छुकहरू पनि यस लोकमा उहाँको योगदान  विशिष्ट ठान्छन्। र, नेपाल-भारत सम्बन्धमा उहाँलाई सेतुका रूपमा बुझ्छन्।’ 

प्रदीप गिरि नेपालको मात्र नभई छिमेकी मित्रराष्ट्र भारतका समेत निधि भएको भन्दै उनका भाइ शेखरले थपे, ‘त्यसैले त भारतीय मित्रहरूले प्रदीप गिरिलाई ‘हिमालयको धिरज र गंगाको गतिशिलता’को अर्थपूर्ण उपमा दिएका छन्।’ 

अर्का अनुयापी धीरेन्द्र प्रेमर्षीले यो कार्यक्रमा २५ देखि ३० जना सहभागी हुने भन्दै उक्त स्मृति समितिले आगामी दिनमा पनि गिरिको स्मृतिमा विविध कार्यक्रम गर्दै जाने बताए। प्रेमर्षिले भने, ‘गिरिजिको बिषयमा उहाँको उल्लेखनीय पक्ष र चीरस्थायी विरासतमा केन्द्रित रहेर नेपाल भारतको विचार आदानप्रदान गरिने छ। २५ वर्ष भारतमा बिताउनुभएको गिरिजका विषयमा भारतमा रहेका अनुयायीहरूबाट पक्कै केही किस्साहरु सुन्न र बुझ्ने अवसर प्राप्त हुने छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.