कागबेनीका बाढपीडित भन्छन्- ‘ज्यान रह्यो, अरू सबै गुम्यो

कागबेनीका बाढपीडित भन्छन्- ‘ज्यान रह्यो, अरू सबै गुम्यो
सुन्नुहोस्

जोमसोम : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ कागबेनीको कागखोलामा आइतबार ठूलो बाढी आयो। यहाँ रहेका घर, पसल, पशुचौपाया बाढीले बगायो। अहिले कागबेनी क्षेत्र बगरमा परिणत भएको छ। 

कागबेनीमा ३ वर्षदेखि किराना पसल गर्दै आइरहेका व्यवसायी सागर रिजालले बाढीबाट बल्लतल्ल ज्यान बचाएको बताए। ‘ज्यान त जसोतसो बचाइयो, तर भएको सबै गुम्यो, गरिखाने बाटो सबै खोसियो।’ 

कागबेनीका स्थानीय होटल व्यवसायी रिङझिङ साङ्वोले बाढीले आफ्नो होटल घर र घरमा भएको सबै सम्पति बगाएर नष्ट गरिदिएको बताए। ‘बस्ने र व्यवसाय गर्ने घर थियो, सबै बाढीले सखाप पार्‍यो, आफन्तकोमा आश्रय लिएर बसिएको छ,’ उनले भने, जसको बाबु मर्‍यो, उसैको छोरा टुहुरो भन्थे, हाम्रो भएको सबै सम्पति कालिगण्डकी नदीमा मिसियो।'

कागबेनीका घर,होटल तथा रेष्टुरेन्टहरू कागखोला बाढीले बगाइदिएको छ। बाढीले तटीय क्षेत्रका अन्य एक दर्जन बढी घर र होटलहरू पनि क्षतविक्षत भएका छन्। बाढीले बचेका घरहरू भित्र पुरै बलौटे लेदो माटो ग्रेग्रानले भरिएको छ। 

त्यति मात्रै होइन, बाढीले वडा कार्यालय भवन, इलाका प्रहरी चौकी, सामुदायिक भवन, क्लब र आमा समूहको भवनमा पनि क्षति पुगेको छ। गाउँपालिकाको एक मात्र माध्यमिक तहको पढाइ हुने जनशान्ति माविमा समेत आशिंक क्षति पुगेको छ।

कागखोलाको विनासकारी बाढीले निर्माणाधीन पक्की पुलसहित ३ वटा अस्थायी पुल र झोलुङ्गे पुल क्षति भएको छ। कागबेनीको कोरला नाका जाने मुख्य राजमार्ग सडकदेखि कागबेनी श्राद्ध स्थलसम्मको कच्ची सडकको करिब १५ सय मिटर बढी सडकमा क्षति पुगेको छ। 

कागबेनीमा आएको बाढी ५ दिन बितिसक्दा समेत त्यहाँ अहिले पनि खानेपानी,विद्युत र इन्टरनेट सुविधा अवरुद्ध छ। यद्यपि सरोकारवाला निकायले खोनेपानी, विद्युत र इन्टरनेट सुविधा सुरु गर्न पहल गरेका छन्।

बाढीको जोखिम अझै कायम रहेकोले विद्यालय ८ दिनका लागि बन्द गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोनाम फुर्वा गुरुङले जानकारी दिए। यस क्षेत्रमा अहिले राहतका लागि सहयोग जुटाउने काम भइरहेको छ। 

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा व्यवस्थापनका लागि जिल्ला विपद् व्यवस्थापन समिति मार्फत तीनवटै सुरक्षा निकायको टोली निरन्तर खटिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक मिलनबहादुर विकले जानकारी दिए। 

उनले सुरक्षा निकाय र गाउँ गाउँबाट आएका स्थानीय गाउँलेहरूको सहकार्यमा भग्नावशेष घर भित्रको माटो पन्छ्याउने र नदी नियन्त्रण गर्ने कार्य गरिहेको प्रहरी निरीक्षक विकले बताए। 

उनले कागबेनी गाउँ भित्रको नदी नियन्त्रण र नदी उकासलाई व्यवस्थित गर्न उपकरणहरूको कमी भइरहेको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.